Saturday, July 2, 2016

पूर्वमन्त्री मानन्धरको अन्त्येष्टि

577629fc0092c0.39320898काठमाडौँ, १८ असार । सङ्घीय समाजवादी फोरम नेपालका नेता एवम् पूर्वमन्त्री डा मङ्गलसिद्धि मानन्धरको आज पशुपति आर्यघाटमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।

मूत्र प्रणालीको क्यान्सरबाट पीडित मानन्धरको ७५ वर्षको उमेरमा शुक्रबार बिहान १०ः४५ बजे नर्भिक अस्पताल, थापाथलीमा निधन भएको थियो ।

समाजवादी फोरम सल्लाहकार परिषद्का सभापति स्व मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । मानन्धर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष र नेपाल प्राध्यापक सङ्घका पूर्व अध्यक्षसमेत हुनुहुन्थ्यो ।

बिहान पार्टी कार्यालय तीनकुने, त्रिचन्द्र कलेज, घन्टाघर र खुल्लामञ्चमा राखिएको पार्थिव शरीरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेल, नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रका नेता वर्षमान पुन र सांसद श्याम श्रेष्ठलगायत मधेस केन्द्रित दलका नेताहरूले श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...