Sunday, July 3, 2016

नेमकिपाद्वारा खर्च कटौती प्रस्ताव

काठमाडौँ, १९ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत विभिन्न मन्त्रालय तथा कार्यालयको विभिन्न शीर्षकमाथिको समूहकृत छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसदले खर्च कटौतीको प्रस्ताव राख्नुभएको छ ।

नेमकिपाकी अनुराधा थापा मगरले विनियोजन विधेयकअन्तर्गत आपूर्ति, महिला, बालबालिका तथा समाजकल्याण, परराष्ट्र र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको विभिन्न शीर्षकमा खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नुभयो ।

त्यस्तै प्रेम सुवालले ऊर्जा, सहरी तथा गरिबी निवारण, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय शीर्षकमा खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नुभयो ।
ती विषयमाथि तीन दिन छलफल हुनेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...