Saturday, July 30, 2016

दवाडी पर्यटन दुतमा नियुक्त

ghan dawadi

अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा लामो समय देखि बस्दै आएका समाज सेवी तथा ब्यबसायी घन प्रसाद दवाडीलाई नेपाल पर्यटन बोर्डले पर्यटन दुतमा नियुक्त गरेको छ l

नेपालमा पर्यटन प्रवर्धनका लागि सरकार र नीजि क्षेत्रको सहकार्यमा स्थापना भएको पर्यटन बोर्डले दवाडीलाई गत जुलाई ८, २०१६ देखी लागु हुने गरी दुई बर्षका लागि पर्यटन दुतमा नियुक्त गरेको हो । क्यालिफोर्निया सनफ्रान्सिस्को तथा अमेरिकाको पश्चिम क्षेत्रको लागि दवाडीलाई उक्त पदमा नियुक्त गरेको हो l

उनलाई नेपाल पर्यटन बोर्डले नियुक्ती गरेकोमा उनले सरकार र वोर्डलाई धन्यवाद दिदै प्राप्त जिम्मेवारीलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न कटिबद्ध रहेको बताएका छन् l पर्यटन दूतमा नियुक्त भए पछि आफु निकै उत्साहित भएको र आफुले गर्ने कुनै कर्तब्यमा आफु नचुक्ने र पछि नहट्ने बताए l

झन्डै अढाई दशक देखि नेपाल तथा अमेरिकामा पर्यटन (ट्राभल एजेन्सी)ब्यबसायमा संलग्न दवाडी नेपाली हस्तकलाका सामानहरु निर्यातमा पनि अनुभव रहेको छ l

अमेरिकामा रहेका विभिन्न सामाजिक संघ-सस्थाहरुमा नेतृत्व प्रदान गरेका दवाडी क्यालिफोर्नियाको पुरानो सामाजिक संस्था नेपाली एसोसिएसन् अफ नर्दन क्यालिफोर्निया पूर्व अध्यक्ष तथा एनआरएन अमेरिकाको वर्तमान सल्लाहकार समेत रहेका छन् ।

नेपालमा पर्यटन आगमन वढाउन, सकरात्मक प्रचार प्रसारका लागि पर्यटन बोर्डले विदेशका विभिन्न शहरमा पर्यटन दुत नियुक्त गर्दै आएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...