Thursday, July 28, 2016

के तपाइ अमेरिकामा घर किन्दै हुनुहुन्छ भने पहिले यो पढ्नुहोस​

Untitled

के तपाइहरु अमेरिकामा आफ्नै नाममा घर किन्ने तरखरमा हुनुहुन्छ? के तपाइ भाडा, रेन्टको अपार्टमेन्ट वा घर वा कोठामा बस्दा बस्दा थाकेर आफ्नै कुटि खरिदमा लागिरहनु भएको छ? भन्नेले भनिदेलान, सुनाइदेलान, उताका फलानाले पनि घर किनेछ, यताका फलानाले पनि घर किनेछ, पार्टि, भोज भतेर, नाचगान, खानाबजाना भेटघाट, खाजा भेटघाटमा चर्चा चल्ला कि हामिले त भर्खरै घर किनेको यति कोठाको उति कोठाको, हामिले त पोहोर साल नै घर किन्यौ, कहा भाडा बुझाइरहने, बरु बुझाएको भाडा त बरु बैङ्कको ऋण वा इनस्टलमेन्ट बुजाउदा कालान्तरमा नाफा वा आफ्नै हुन्छ, म यति कमाउछु उति कमाउछु यस्तो र उस्तो घर मेरो च्वाइसमा छ, भर्खर घर हेरेर आएको घर मन पर्यो जस्ता चर्चा चल्ने गर्दछ नेपालि नेपालिमा अमेरिकामा। तर कहिल्लै पनि यो सुन्नु हुन्न कि घरको ॠण तिर्न नसकेर वा घरको किस्ता बुझाउन नसकेर घर बैङ्कले सकारेछ, लिएछ, कब्जा गरेछ लिलाम भएछ घर छोड्नु परेछ सितिमिति घर किनेको जस्तो समाचार घर गुमाउनु पर्दा कसले पो भन्छ र? तर अमेरिकामा बिभिन्न कारणले किनेको घर गुमाउन पुगेका छन नेपालिहरुले उनिहरुकै चालचलन, अब्यबस्थापन, आर्थिक आयाअर्जनको अनिरन्तरता वा आयाअर्जनमा हुने कमि वा जागिर वा आम्दानिको स्रोतमा धक्का लागेपछि।

लामो कुरा नगरिकनै भन्नु पर्दा यदि घर किन्दै हुनुहुन्छ भने किन्ने सुरसारमा हुनुहुन्छ भने वा सोचिरहनु भएको छ भने क्रिपया यि कुराहरुमा ध्यान दिनुहोला जसले तपाइलाइ धेरै सजग बनाओस र घर किने पछि ता कि गुमाउन नपरोस तिर्न नसक्दा।

सबैभन्दा पहिले ठाउ र राज्य अनुसार फरक हुनसक्छ र बैङ्क अनुसार फरक पर्न सक्छ कम्तिमा २ देखि ३ बर्षसम्मको कर दाखिला गरेको,तपाइले काम गरेको पे रोल र आम्दानिको लेखा र तपाइको आर्थिक कारोबार सहितको कर तिरेको रेकर्ड आबस्यक पर्दछ घर किन्नका लागि यदि तपाइ बैङ्कको लोन लिएर घर किन्दै हुनुहुन्छ भने। यदि सबै नगद हालेर किन्न लाग्नु भएको छ भने ट्याक्स फाइलको आबस्यकता पर्दैन। तर तपाइले सबै नगदमा किन्न लाग्नु भएको छ र तपाइको आर्थिक आम्दानि पारदर्शि छैन भने तपाइले नगदमा किनेको घरले तपाइलाइ जोखिममा पार्न सक्दछ र आन्तरिक राजस्व कार्यालय आइ आर एसले तपाइको आम्दानि कानुनि नदेखेमा तपाइको घर कब्जा हरिदिन्छ र तपाइलाइ जेल चलान गर्नेछ। ख्याल गर्नु होला अमेरिकामा अहिले मनि लन्डरिङ्ग सिस्टमलाइ कडाइ गर्दै गैरहेको छ। तपाइको कारोबार ९९९९ भन्दा बढि डलर नगदमा खेलाउनु भयो बैङ्कमा जम्मा गर्नु भयो तर आम्दानिको स्रोत खुलाउन सक्नु भएन भने फ्रि राइड अर्थात जेल जान तयार हुनुहोस अब देखि आर्थिक र नगद कारोबारको कानुनि हैसियत लिन सक्नु भएन भने तपाइलाइ मुद्रा अपचलन र आर्थिक कन्सिपेरेसिमा जाकिदिनेछ। होस पुर्याउनु होला अब देखि। अब भाडामा बस्दा तपाइले घरको बिमा तिर्नु परेन, भत्केको बिग्रेको, सामान्त लाइट टुब वा कुनै जालि वा एसि फिल्टर जस्ता चिज बाहेक महङ्गा र बढि मुल्य र खर्च हुने मर्मतमा तपऐले तिर्न परेन, बाथरुम प्लम्बिन्ङ वा किचन एसि, छाना, पार्किङ्ग लट वा कुनै फ्लोर वा फोहोर गार्बेज आदिको तपाइले तिर्नु परेन मात्र भाडा र कहि कहि बिजुलि बत्ति पानि गार्बेजको बाहेक आर्थिक लायाबिलिटिज वा भार तपाइको काध माथि परेन भने भयो। कुनै लाइटिनिन्ङग, स्ट्रम वा फ्लडिङ्गको जोखिम र खर्च तपाइमा आइपरेन।

भाडामा बस्दा ठाउ सागुरो हुने हुदा घर भर्न आबस्यक पर्ने सरसामानहरु तत्कालका लागि जुटाउन नपर्ने हुदा कम खर्च भयो र तपाइले मासिक थेग्न पनि सक्नु भयो। घर करेसा बारि नहुदा त्यस बापतको मर्मत र रेखदेख खर्चमा पनि कमि भयो। र साप्ताहिक, अर्ध साप्ताहिक वा मासिक वा दैनिकि आम्दानिले घरज्को भाडा पनि थेग्न कुनै झञ्झट भएन पनि। ठाउ ठुलो हुदा पाहुनापासा पार्टि भोज आदिको अतिरिक्त खर्च नगर्नु पर्ने हुदा जिबनशैलि सहज हुनसक्छ अमेरिकामा तर तपाइसन्ङ सेभिन्ङ छैन एक दुइ महिना काम नगर्दा पनि तपाइले बैङ्कको किस्ता तिर्न तपाइसन्ङग डलर खातामा छ भने ठिकै छ तर घाटि घाटि पे चेक टु पे चेकमा बाचिरहनु भएको छ भए चाहि बिचार गर्नु होलाघर किन्न।

छिमेकि वा भाइसाथि सधियारेले घर किन्यो र म पनि किन्छु भनेर आफ्नो हैसियत बिनै, आम्दानि बिनै, घरमा एक्लै मात्रै आम्दानिको स्रोत भएकाले धुरि चढ्ने काम नगर्नु होला। घरमा एउटा प्लम्बिङ्ग, धारा, बाथरुम, लिकिङ्ग मर्मत गर्न मानिस बोलाउनु पर्यो भने र तपाइले आफु फिक्स गर्न सक्नुहुन्न भने बोलाएको मानिसको अर्जेन्ट चार्ज सहित सामान र लेबर चार्ज कम्तिमा ४ सय डलर घटि पर्ने छैन जुन तपाइको वा अधिकाशको अमेरिकामा कर काटेर लगभग एक वा डेढ हप्ताको कमाइ हो त्यो मर्मत खर्च एक समयको। अपर्झट मर्मत, घरको पर्पर्टि कर यदि सिटिमा छ भने काउन्टि र सिटिको दोहोरो कर, बिमा, मर्मत, घरको समय समयको सिङ्गारपटार र नदेखिने खर्च, घरको डेकोरेशन, पार्टि, पाहुनापासा आदि सबैको जोड्दा तपाइसङ्ग मनग्गे आम्दानि छ, परिवारका सदस्यहरुको पनि शेयरिन्ङ सपोर्ट छ, सबैजना काम र आम्दानि गर्छन र आम्दानि नियमित छ। तपाइ बैङ्क वा सरकारि सहुलियत वा आधारभुत आबस्यकताको एडभान्टेज र प्रिभिलेज प्राप्त गरिरहनु भएको छ र घर किन्दा २०% भन्दा बढि नै डाउनपेमेन्ट गरि मासिक किस्ता सहज र सस्तो बनाउनु भएको छ र तपाइको राम्रो क्रेडिट स्कोरले कम ब्याजदरमा लोन प्राप्त गर्नु भएको छ भने बेग्लै तर घर किनेर किस्ता र मर्मत सम्हार गर्न तपाइले थेग्न सक्नु हुन्न भने चाहि अहिलेलाइ त्यो हैसियत नबनाएसम्म भाडामै बस्नुहोस। घर किन्दा तपाइको मोर्गेज पेमेन्टले तपाइको क्रेडीट स्कोर ह्वात्तै माथि त पुर्याइदिन्छ तर एक महिना मात्र पनि किस्ता बुझाउन सक्नु भएन र ढिला पेमेन्ट भयो र ढिलासुस्ति गर्नु भयो भने चाहि तपाइलाइ नराम्ररि दोबारिदिन्छ उठ्नै नसक्ने गरि।

तपाइले क्रेडिट अस्तब्यस्त हुनेछ। अमेरिकामा आर्थिक ब्यबस्थापन गर्न नजान्दा, मात्तिदा, मनपरि गर्दा, आम्दानिको स्रोत तलमाथि हुदा धेरै नेपालिले घर गुमाएका छन अमेरिकामा। भाडामा बस्ने अनि दिर्घकालिन सोच नपाल्ने हतारिएर मच्चिएर घर किन्ने र किस्ता बुझाउन नसकेर घर गुमाउने र फेरि भाडाको एपार्टमेन्टमा सर्न पर्दाको बिरक्तिपनलाइ रोक्न समयमै दिर्घ र गम्भिर भएर सोच्दा राम्रो। आजलाइ यत्तिकै बाकि फेरि अर्को लेखमा।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...