Wednesday, July 27, 2016

हरिश माथेमा ,दिपेश भट्टराई तथा बाबु बोगटीले डिसी तताउने

FotoFlexer_Photo

समर म्युजिकल साँझ नामक कार्यक्रममा प्रसिद्ध गायकहरु हरिश माथेमा ,दिपेश भट्टराई तथा बाबु बोगटीले डिसी तताउने भएका छन् l भिन्तुना अन्तरराष्ट्रियको प्रस्तुति उक्त ग्रीष्मकालीन संगीतात्मक साँझको आयोजना आगामी जुलाई ३० तारिखमा हुने भएकोमा डिसीबासिमा खुशीको लहर छाएको छ l

कोलोराडोमा रहदै आएका गायक दिपेश किशोर भट्टराई तथा न्युयोर्कमा बसोबास गर्ने गायक हरिश माथेमाले ईनेपलिज संग कुरा गर्दै डिसीमा हुने उक्त कार्यक्रमको लागि निकै उत्साहित भएको बताएका छन् l गायक भट्टराईले डिसीमा प्रस्तुतिको लागि आफु तयार भएको बताउदै डिसीवासी दाजुभाई तथा दिदि बहिनिहरुले कलाकारलाई माया गर्नु हुने छ भन्ने कुरामा विश्वास लागेको बताए l

अमेरिकाको व्यस्त जीवनमा पनि समय मिलाएर कार्यक्रममा आउनु नै ठुलो कुरा हो भट्टराईले भने l उनले अगाडी भने आफु लामो समय पछि डिसीमा कार्यक्रम देखाउने अवसर पाएकोमा आयोजकलाई धन्यबाद दिए l सबैलाई कार्यक्रम हेर्न आग्रह यसै बाट संदेश दिन चाहेको बताए l

उनले अगाडी भने आफु वरिष्ट कलाकारहरु संग प्रस्तुति गर्न पाउँदा निकै खुसि लागेको बताए l भट्टराईका प्रशिद्ध गीतहरु के म तिम्रो ,मलाई माफ गरि देउ ,भेडा को उन जस्तो लगायत चर्चित गीतहरु गाएका छन् l

यसै गरि न्यु योर्कमा कुराकानी गर्दै हरिस माथेमा भन्छन लामो समय पछि डिसीवासी माझ फेरी आउने मौका मिलेकोले आफुले राम्रो प्रस्तुति दिने विश्वास दिलाएका छन् l माथेमा भन्छन यो कार्यक्रम प्रतक्ष्य संगीत माध्यम (लाइभ ब्याण्ड )मा प्रस्तुति गर्नु पर्ने भएकोले अझ सुनमा सुगन्ध हुने बताए l कलाकारले दर्शक चाहन्छन भन्दै डिसीवासी सबैमा कार्यक्रममा पाल्न यसै बाट संदेश दिन चाहेको बताएका छन् l

अमेरिकामा फुर्सद हुन् समय व्यवस्थापन गर्नु पर्ने भएकोले विभिन्न राज्यहरु बाट कलाकारहरु एकत्रित भएकोले यो कार्यक्रम राम्रो हुनेछ भन्ने कुरामा आफु पूर्ण बिस्वस्त भयकोले यो अवसर नगुमाउनु हुन सबैमा अनुरोध समेत गरेका छन् l स्वप्निल रंगमा ,आँखाको नानी हौ तिमि ,आभास आउछ जस्ता प्रसिद्ध गीतहरु माथेमाले गाई सकेका छन् l

प्रतक्ष्य संगीत माध्यम (लाइभ ब्याण्ड ) बाट सबै कलाकारले प्रस्तुति गर्ने छन् l कार्यक्रममा प्रख्यात गायक तथा नायक बाबु बोगटी ,गायक बिजय अधिकारी गायक सुनिल उप्रेती ,नेपाली चलचित्रकि नायिका नन्दिता केसी ,नया पिढीकि गायिका निक्की कार्की तथा युवा नृत्य निर्देशक नबिन केसीको समेतको बिसेष प्रस्तुति हुने भएको छ l

कार्यक्रममा नेपाली चलचित्र रेशम फिलीलिको जालमा नृत्यको प्रस्तुति अमेरिकाको बाल्टिमोरमा छायांकन गरिएको नेपरकक्रिजको प्रस्तुति समेत हुने भएको छ l अहिले सम्म कै उत्कृष्ट समर म्युजिकल साँझ नामक कार्यक्रम हुने भएकोले उपस्थितिको लागि सबै डिसी महानगर क्षेत्रमा बसोबास गर्ने सबैलाई आग्रह आयोजकले गरेका छन् l

summer sanjh

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...