Thursday, July 7, 2016

न्यूयोर्कका नगर प्रमुखले नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलालाई शुभकामना

nepal-exhibition

न्युर्योकमा आगामी सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म हुने नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेलाको सफलताको लागि न्यूयोर्कका नगर प्रमुखले शुभकामना व्यक्त गर्दै सफलताको लागि कामना गरेका छन् l

नगर प्रमुख मेयर बिल डे ब्लासियोले ब्यापार मेलाको सफलताले दुबै देशको आर्थिक बिकासमा सहयोग पुग्ने बताएका छन् lउक्त छापा बिज्ञप्तिमा नेपालका सामानहरुको प्रर्दशनीमा आयोजक तथा सह्भागी हुन् आउने सबैलाई स्वागत गर्न पाउदा हर्ष लागेको उल्लेख गरेका छन् l

संस्कृतीको बिकास गराउन मेला लाभदायी होस् भन्ने अग्रिम शुभकामना दिदै मेला सफल बनाई दुइ देशबिचको सम्बन्ध मजबुद बनाइ दिन नेपाली तथा अमेरीकी नागरीकलाई आग्रह समेत नगर प्रमुखले गरेका छन् l

नेपाल प्रर्दशनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला तथा वल्र्ड बिजनेश म्यानेजमेन्ट एन्ड कन्सल्ट्याण्ट एलएलसीका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले पछिल्लो जानकारी दिदै अहिले सम्म करिब ३ सय भन्दा ज्यादा उधोग तथा ब्यबसायीले दर्ता गरि सकेको बताएका छन् l l

उक्त मेलमा ३७२ वटा प्रदर्शनी कक्षको चाजो मिलाईएको छ भने अब केवल २३ वटा मात्र प्रदर्शन कक्ष बाकि रहेको रेग्मीले बताए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...