Monday, July 4, 2016

सहमतिय सरकार बनाएर देखाऊ, एमाले एक मिनेट सरकारमा बस्दैन् :एमाले सचिव ज्ञवाली

pradeep-gyawaliकाठमाडौँ, २० असार । नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले ओली सरकारको विकल्पमा राष्ट्रिय सहमतिको सरकार बनाएर देखाएर काँग्रेस र एमालेलाई चुनौती दिनुभएको छ ।

काठमाडौँमा रिपोर्टर्स क्लवको साक्षात्कारमा एमाले सचिव ज्ञवालीले अहिले राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था नभएकाले यसै सरकारको निरन्तरताको विकल्प नभएको धारणा राख्नुभयो । उहाँले काँग्रेस र नेकपा (माओवादी केन्द्र(लाई राष्ट्रिय सहमतिको सरकार बनाएर देखाउन चुनौती दिँदै भन्नुभयो, “कसैले राष्ट्रिय सहमतिको सरकार बनाएर देखाए एमाले एक मिनेट पनि सरकारमा बस्दैन, प्रतिपक्षमा बस्न तयार छ ।”

नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले अहिले काँग्रेसले सरकार गिराउनेमा भन्दा सङ्गठन निर्माणमा आफ्नो ध्यान लगाउनुपर्ने बताउनुभयो । नेत्री कोइरालाले नेपालमा कुनै सरकारलाई पनि पूरा अवधिसम्म काम गर्न नदिएका कारण अस्थिरता आउने गरेको बताउँदै वर्तमान सरकारले निरन्तरता पाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले वर्तमान अवस्थामा संविधान कार्यान्वयन नै मुलुकको पहिलो आवश्यकता भएकाले यसैमा जोड दिनुपर्ने बताउँदै त्यसपछि आउने निर्वाचनका लागि पार्टी तयार हुनुपर्ने धारणा राख्नुभयो । कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काँग्रेसलाई समेत साथमा लिएर मुलुकलाई निकास दिन आग्रह गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका नेता मणि थापाले सबैभन्दा ठूलो पार्टी काँग्रेसलाई बाहिर राखेर संविधान कार्यान्वयन र मुलुकका विद्यमान समस्या समाधान नहुने बताउदै राष्ट्रिय सहमतिको सरकारको आवश्यकता आफूहरुले महसुस गरेको बताउनुभयो ।

– See more at: http://bit.ly/29dg2iW

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...