Saturday, July 9, 2016

“जसको नेतृत्वमा सहमति बन्छ, उसकै नेतृत्वमा सरकार बन्नुपर्छ”

rambahadur-thapa.jpgबागलुङ, २५ असार । नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापाले संविधानको कार्यान्वयन, पुनःनिर्माण र शान्ति प्रक्रियालाई टुङ्गोमा पु-याउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ ।

माओवादी केन्द्र बागलुङले यहाँ आज आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले राष्ट्रिय सहमति नबन्ने अवस्थामा आफ्नो पार्टी सरकारमा रहिरहनाको औचित्य नहुने पनि बताउनुभयो ।

उहाँले नेकपा (एमाले)सँग भएको नौबुँदे सहमतिको कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै माओवादीको नेतृत्वमै सहमतिको सरकार बनाउने अडानमा आफूहरु नरहेको बरु जसको नेतृत्वमा सहमति बन्छ, उसकै नेतृत्वमा सरकार बन्नुपर्छ भन्नुभयो । काँग्रेस सहितको सहभागितामा बन्ने सहमतिको संयुक्त सरकारले आन्दोलनरत दलका माग संबोधन, संविधान संशोधन, संविधानको कार्यान्वयन, पुनःनिर्माण जस्ता कार्यलाई अघि बढाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...