Monday, July 4, 2016

नेपलीज अमेरिकन कन्भेन्सनमा न्युयोर्क नेपलिज फुटबल क्लब बिजयी

ny

लस एन्जेलसमा भएको प्रथम नेपलीज अमेरिकनको सम्मेलनको खेलकुद अन्तर्गत आज सम्पन्न भएको अन्तिम चरणको पुरुष भकुण्डो प्रतियोगितामा न्युयोर्क नेपलिज फुटबल क्लब बिजयी भएको छ l

आज उक्त प्रतिस्प्रद्धामा न्युयोर्कको प्रसिद्ध फुटबल टोलिले बाल्टिमोरका सशक्त भकुण्डो टोलि बाल्टिमोर एथलेटिक क्लबलाई ५ गोल का बिरुद्ध सुन्य ले हराउदै नेपलीज अमेरिकन कन्भेन्सनको प्रथम स्थान हासिल गरेको छ l

लस एन्जेलसको आर्कसिया क्षेत्रको मैदानमा भएको रोचक तथा प्रतिस्प्रद्धात्मक प्रतियोगितामा न्युयोर्क नेपलिज फुटबल क्लबले बिजयी हासिल गर्दै नगद ५ हजार डलर प्राप्त गर्ने भएको छ l

baltimore

यसै गरि बाल्टिमोरका सशक्त भकुण्डो टोलि उप बिजेता बन्दै २ हजार डलर नगद तथा पदक पाउने भएका छन l भकुण्डो प्रतियोगितामा अमेरिका भरका ११ वटा समुहले भाग लिएका थिए l पुरस्कार वितरण आज समापन समारोहमा वितरण गरिने जानकारी युनाइटेड नेप्लिज एसोसिएसनका संस्थापक अध्यक्ष पासांग लामाले जानकारी गराए l

युनाइटेड नेप्लिज एसोसिएसनको आयोजना प्रथम नेपलीज अमेरिकन कन्भेन्सन गत जुलाई २ देखि आज ४ सम्म रहने छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...