Saturday, July 30, 2016

घाइतेलाई सांसद चौधरीद्वारा सहयोग

राजविराज, १६ साउन । सप्तरीको तिलाठीमा बिहीबार भारतीय पक्षद्वारा दशगजा क्षेत्रमा एकतर्फी रुपमा निर्माण गर्न लागेको बाँध भत्काउने क्रममा झडपमा परी घाइते भएका नेपालीलाई राहत प्रदान गरिएको छ ।

सङ्घीय समाजवादी फोरम नेपालकी सांसद लक्ष्मी चौधरीले शनिबार पीडितलाई नगद रु ५५ हजार राहत प्रदान गरेको फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।

करिब एकदशक अगाडि भारतीय पक्षबाट सप्तरीको तिलाठीमा निर्माण गरेको बाँधलाई बाढीले भत्काएपछि सो बाँधलाई पुनः भारतीय पक्षले एकतर्फी रुपमा निर्माण गर्न लाग्दा स्थानीय नेपाली युवा र भारतीय पक्षबीच बिहीबार झडप भएको थियो ।

झडपमा परी भारतीय र स्थानीय नेपाली युवा गरी एक दर्जन व्यक्ति घाइते भएका थिए ।

आँखाका रोगी बढदै

केही दिनयता सप्तरीसहित पूर्वका जिल्लामा अत्यधिक गर्मीसँगै वर्षा हुँदा जिल्लामा आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

सप्तरीको सदरमुकाम राजविराजदेखि दुई किमी उत्तरपट्टि पर्ने मलेठ गाविसमा अवस्थित रहेको सगरमाथा चौधरी आँखा अस्पतालमा अहिले आँखा पाक्ने, मोतियाबिन्दुका साथै रतन्धोलगायत भाइरल केटावटिस, आँखामा घाउ हुने र अत्यधिक गर्मीका कारण आँखा चिलाउनेजस्ता दैनिक ८० देखि ९० जना बिरामी आउने गरेको अस्पतालका आँखा स्वास्थ्य कार्यकर्ता बिजली चौधरीले बताउनुभयो ।

सो अस्पतालमा प्रत्येक दिन दैनिक ५० देखि ६० जना बिरामी जाँच गरे पनि हाल बढेको गर्मी र वर्षाबाट प्रभावित बिरामी दिनप्रतिदिन बढ्दै गएको स्वास्थ्य कार्यकर्ता चौधरीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...