Sunday, July 3, 2016

एनआरएनको नवौं क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा

गैर आवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । जुन २९,२०१६ मा बसेको एनआरएन,अमेरिकाको Conference Call वैठकमा अध्यक्ष डा. केशव पौडेलले उक्त कुराको जानकारी गराएका थिए । नवौं क्षेत्रीय सम्मेलनलाई सफल तुल्याउनको लागि आयोजक समिति र विभिन्न उप समितिहरु तयार भई कार्य अघि बढाइ सकेको कुरा पनि अध्यक्ष पौडेलले जानकारी गराए । इभेन्ट पार्टनर्सको रुपमा सहयोग गर्नको लागि एनआरएनले आह्वान समेत गरी सकेको छ भने अन्तराष्ट्रीय सवन्वय परिषद,राष्ट्रीय समन्वय परिषद एवम् पर्यवेक्षकहरुलाई समेत निमन्त्रणा दिने कार्य पनि सम्पन्न भै सकेको छ ।
 वैठकले एनआरएन,मेरिल्याण्ड च्याप्टरको विशेष पहलमा मेरिल्याण्ड राज्य अन्तर्गत नेपाली भाषामा Driver License को परीक्षा दिन सकिने अनुमति प्राप्त भएकोमा मेरिल्याण्ड च्याप्टरलाई सो विशेष कार्य सम्पन्न गरेकोमा हार्दिक बधाइ तथा शुभकामना प्रदान गरेको छ साथै अन्य च्याप्टरहरुले पनि यस्ता विशेष कार्यका लागि पहल गर्न अनुरोध गरेको छ ।
 एनआरएन,जर्जिया च्याप्टरलाई वैठकले अनुमोदन गरेको छ भने प्रकृया पुरा हुन साथ सम्बन्धित क्षेत्रका उपाध्यक्ष डिल्ली भट्टराईको सिफारिशमा वासिंगटन च्याप्टरलाई पनि अनुमोदन गर्ने निर्णय वैठकले गरेको छ । नेपाली डायस्पोरा अन्तर्गत निर्माण हुने नेपाली कम्युनिटी सेन्टरहरुलाई एनआरएन,अमेरिकाले सहयोग गर्ने वैठकले पारित गरेको छ ।
एनआरएन ग्रीन पेज प्रकाशनको लागि आवश्यक सहयोग जुटाई चाँडै प्रकाशन गरिने कुरा पनि वैठकले निर्णय गरेको छ भने नेपालको देवघाट वृद्धाश्रमलाई सहयोग गर्नको निम्ति आवश्यक पहल गर्ने निर्णय पनि गरेको छ ।
 वैठक एनआरएन,अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको थियो भने वैठकको संचालन महा सचिव तिलक श्रेष्ठले गरेका थिए ।
सर्बज्ञ वाग्ले                                                          मिडिया कोअर्डिनेटर
एनआरएन , अमेरिका

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...