कोलोराडो अमेरीका
जुलाई ३० , २०१६
लायन्सका ईन्टर नेशनल डिरेक्टर संजय खेतान, हिमालयज लायन्स क्लब लङमन्टका पदाधिकारी र लायन्सका स्थानिय डिष्ट्रक गर्भनर तथा अन्य पदाधिकारी बिच भेटघाट तथा अन्तरकृया कार्यक्रम सम्पन्न भयो ।
अगष्ट ६ तारिकका दिन उद्धाटन हुने क्लबको स्थिती बु¤न लायन्सका ईन्टर नेशनल डिरेक्टर संजय खेतान कोलोराडो आएका हुन् । स्थानीय नेपाली समुदायले कर्मभूमि अमेरीका र जन्मभूमि नेपालको सामुदायिक विकासको सहयोगार्थ लायन्स क्लब मार्फत जाने निर्णय गरे अनुसार सबै प्रकृया पुरागरि उद्धाटन हुन लागेको हो । हिमालयज लायन्स क्लब नेपालीको सकृयतामा कोलोराडोमा गठित पहिलो र एकमात्र क्लब हो ।
छलफको क्रममा डिरेक्टर खेतानले नेपालमा लायन्स क्लब मार्फत शिक्षा, स्वास्थ्यको क्षेत्रमा धेरै कामहरु भई रहेको बताउद,ै बर्तमान अवस्थामा नेपालको सामुदायिक बिकास गर्न सहयोगको धेरै आबस्यकता रहेको बताए । लायन्स क्लबले नेपालमा स्थानीयको मन जित्न सफल भएको भन्दै, उनले अहिले नेपालमा २० हजार नेपाली यसमा आवद्ध रहेको र २०१६ पछि नै १ सय भन्दा बढि क्लव गठन भई सकेको जानाकारि दिए । खेतानले विशेष गरि महाभुकम्प पछि नेपालको बिकासको लागि लायन्सले ५ मिलियन डलर छुट्याएको र त्यसबाट स्वास्थ्य र शिक्षामा ठुला ठुला काम भई रहेको बताए । उनले अमेरिकामा नेपालीको सकृयतामा १ सय भन्दा बढि लायन्स क्लब गठन गर्ने आºनो उद्धेश्य रहेको भन्दै यसकै शिल शिलामा कोलोराडो आईपुगेको बताए ।
उनले विश्वको सुविधा सम्पन्न देशमा बसेर पनि मातृ भुमीको सहयोग गर्ने उद्धेश्य लिई क्लबमा गोलबन्द हुने सवैलाई धन्यवाद दिए । देश नेपाललाई सबैको साथ र सहयोगको खांचो रहेको प्रष्ट्याउदै , संम्पूर्ण नेपाली र नेपाल प्रति सद्भाव राख्नेहरुलाई सक्दो सहयोग गर्न आग्रह गरे ।
लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्टको हलमा भएको अन्तरकृया कार्यक्रममा डिष्ट्रक गर्भनर, क्लबका पदाधिकारी तथा अन्य स्थानीयहरुको उपस्थिती रहेको थियो ।
No comments:
Post a Comment