Sunday, July 3, 2016

गर्भवतीको जाँच मोबाइलबाट

pregnant-picइलाम, १९ असार । गर्भवतीले कुन कुन समयमा गर्भको परीक्षण गराउने, खोप लगाउने भन्ने लगायत सम्पूर्ण विषयमा अब उनीहरूले मोबाइलबाटै जानकारी पाउने भएका छन् ।

मोबाइलबाट जानकारी पाउने मात्र होइन गर्भ जाँच गर्ने समय र सुत्केरी हुने मिति समेत मोबाइलबाटै थाहा पाइने भएको छ । जिल्लामा पहिलो पटक गर्भवतीका लागि घर घरमै मोबाइल सेवा पु-याउने उद्देश्यले यहाँका २७ गाविसमा ‘मोबाइल हेल्थ’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयको सहकार्यमा करुणा फाउन्डेसन नेपालले यहाँका गाविसमा गर्भवतीका लागि सो सेवा सञ्चालन गरेको हो । शिशु र आमा दुवैको स्वास्थ्य राम्रो होस्, अपाङ्गता हुन नपाओस् भन्ने उद्देश्यले महिला स्वास्थ्य स्वयम्सेविकाबाट गर्भवतीको गर्भ दर्ता गर्न थालिएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...