Sunday, July 10, 2016

काठमाण्डौ कप २०१६ पुन आर जी आरले लियो ।

Kathmandu_Cup_2016

गत जुलाई ९ तारिख २०१६ को दिन बेलायतको क्विन्स एभेन्यू, अल्डरसटमा सम्पन्न भएको काठमाण्डौ कप २०१६ गत बर्षझै फेरि आर जी आरले शिल्ड हात पारेको छ ।

काठमाण्डौ कपको फाईनल म्याचमा क्विन्स गोर्खा सिगनललाई जिरो को बिरुद्घ ३ गोल हानेर आर जी आरले उक्त शिल्ड जितेको हो । यस्का अलवा यस खेलमा उत्कृस्ट खेल प्रदर्शन गरि दिपेन्द्र लिम्बुलाई म्यान अफ द म्याचमा घोषणा गरियो भने लावाहाङ राईले क्विन्स गोर्खा ईन्जिनियर्सलाइ ५ गोल हानेर गोल्डेन बुट हात पारेको थियो ।

ब्रिगेड अफ गोर्खाजको हेड क्वार्टरले आयोजना गर्ने यस च्यारिटि खेललाई प्रत्येक वर्ष दुई किसिमले खेलाईने गरिन्छ, सेवारत सिपाहिहरुले खेल्ने कपलाई “नेपाल कप” भनिन्छ भने अवकास प्राप्त सिपाहिहरुले खेल्ने कपलाइ “काठमाण्डौ कप” भनिन्छ ।

सदाको वर्षहरुमाझै यस वर्ष पनि सेवारत १ आर जि आर र २ आर जि आरले “काठमाण्डौ कप” लाई स्पन्सर गरेको हो । स्मरण रहोस अवकास प्राप्त १ आर जि आर र २ आर जि आर बाट ६,६ जना खेलाडिहरु मिलाएर आर जि आर टिम बनाईने गरिन्छ । मुख्यतय यस “काठमाण्डौ कप” मा अवकास प्राप्त क्विन्स गोर्खा ईन्जिनियर्स, क्विन्स गोर्खा सिगनल, क्विन्स गोर्खा लोजेस्ट्रिक र आर जि आर गरेर ४ टिमहरुलाई समाबेस गरिन्छ ।

ब्रिगेड अफ गोर्खाजको हेड क्वार्टरले आयोजना गरेको यस खेलमा “नेपाल कप” तर्फ क्विन्स गोर्खा ईन्जिनियर्सले खेलको अन्तिम मिनेटमा गोर्खा कम्पनि क्याट्रिकलाई १ गोल गर्न सफल भई “नेपाल कप” जितेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...