Sunday, July 3, 2016

आयुर्वेद स्वास्थ्य शिविरबाट छसय लाभान्वित

गौशाला, २० असार । महोत्तरी जिल्लाको मझौरा विसनपुर गाविसमा आइतबार आयुर्वेद स्वास्थ्य शिविरबाट ६०० स्थानीय लाभान्वित भएका छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र महोत्तरीको आयोजनामा सञ्चालित ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’बाट मझौरा विसनपुरसहित वरपरका गाविसका ५९० जना लाभान्वित भएको केन्द्रका प्रमुख डा सुवोध मिश्रले बताउनुभयो ।

सो शिविरमा उदररोग, अम्लपित, स्त्रीरोग, आँखारोग, बाथरोग, दम, रुघाखोकी, ज्वरोलगायतका बिरामीको निःशुल्क उपचार तथा निःशुल्क रुपमा औषधि प्रदान गरिएको डा मिश्रले जानकारी दिनु भयो ।

शिविरमा आयुर्वेद निरीक्षक जीतेन्द्रप्रसाद सिंह, जीतेन्द्र झा र नरेश महतोले बिरामीको उपचार तथा औषधि वितरणमा सहयोग गर्नु भएको थियो ।

निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरको उद्घाटन महोत्तरी जिल्लाको क्षेत्र नम्बर ३ का सांसद रामदयाल मण्डलले गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...