Thursday, July 28, 2016

बस दुर्घटनामा मर्नेको सङ्ख्या १५ पुग्यो

a; b'3{6gfdf ;ftsf] d[To' ;+v'jf;efaf6 ;'g;/Lsf] w/fgtkm{ hfFb} u/]sf] d'gfn oftfoftsf] af@v &#^^ gDa/sf] ofq'afxs a; laxLaf/ wgs'6fsf] k/]jflbg–% l;w'jf ahf/df b'3{6gf x'Fbf k"j{ cy{ /fHodGqL xl//fh v]jf;lxt ;ft hgfsf] d[To' ePsf] 5 . tl:a/ M e]if/fh s6]n, wgs'6f

धनकुटा, १४ साउन । धनकुटाको सिधुवामा बिहीबार भएको यात्रु बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारत धरान–१७ का चेतबहादुर मगरको गएराति मृत्यु भएसँगै मृतकको सङ्ख्या १५ पुगेको हो ।

सङ्खुवासभाको मुढेसनिश्चरेबाट धरान जाँदै गरेको बा २ ख ७३६६ नं बस ब्रेक फेल भएर सिधुवामा दुर्घटना हुँदा पूर्वअर्थ राज्यमन्त्री हरिराज खेवासहित सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने आठ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनास्थलमै मृत्यु भएका एक र उपचारका क्रममा मृत्यु भएका एक गरी दुई पुरुषको सनाखत हुन बाँकी छ । दुर्घटनामा घाइते भएका २९ जनाको धरान र पाँच जनाको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...