Saturday, July 30, 2016

गजल आँसु झर्छ प्रिय

6_Rakesh

नझारुँ भन्दा भन्दै जब आँसु झर्छ प्रिय

छाति चित्त सबै पो फाटे जस्तो गर्छ प्रिय

दु:ख्दै दु:ख्दै बगेर झर्दै झर्दै मिठा याद

खोल्सो खहरे हुँदै समुद्र नै भर्छ प्रिय

आँसु ढिका ढिकामा यसो ऐना हेर्दै आफ्नो

त्यही प्रतिबिम्बले रुन्चे हाँसो छर्छ प्रिय

गुमे पछि संगैका पाईलाका दुई डोब

एक्लो पाईला अगाडि कसोगरी सर्छ प्रिय

ढाकिएर फैलिँदै गड्याङ गुडुङ कालो मेघ

खुसी उडाई पानी दर्किएर पर्छ प्रिय

विश्वासको आधारलाई च्याम्पट्टी झैँ घुमाएर

चित् खुवाई कसैले किन सुख हर्छ प्रिय

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...