Friday, July 8, 2016

एक हजार लि मदिरा नष्ट

sfjf;f]tL k|x/Ln] a/fdb u/]sf] 3/]n' dlb/f gi6 ub}{ k|x/L . tl:a/ M ljb|f]xL lu/L . /f;;

भक्तपुर, २४ असार । महानगरीय प्रहरी परिसर भक्तपुरले यहाँका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको अवैध एक हजार लि घरेलु मदिरा आज नष्ट गरेको छ ।

जिल्लाका विभिन्न स्थानबाट बिक्रीका लागि लैजाँदै गरिएको मदिरा नियन्त्रणमा लिई प्रहरी परिसरमा नष्ट गरिएको हो । भक्तपुरबाट काठमाडौँतर्फ विभिन्न सवारीसाधनबाट लाँदै गरिएको अवस्थामा घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको जानकारी महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

भक्तपुरलाई अवैध मदिरा मुक्त जिल्ला बनाउने प्रहरीको अभियानका क्रममा प्रहरीले बिहान र साँझ विभिन्न सवारीसाधन जाँचका क्रममा मदिरा नियन्त्रणमा लिइरहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...