Wednesday, July 6, 2016

रु सात लाखको भिर मह उत्पादन

म्याग्दी, २२ असार । गुर्जामा स्थानीयले रु सात लाख बराबरको मह उत्पादन गरेका छन् ।

वैशाखयता गाविसको विभिन्न भिर पहरामा सङ्कलन गरिएको ६०० किलो मह प्रशोधन गरी किसानले बिक्री गरिरहेका छन् । बजारमा प्रतिकिलो मह रु एक हजार २०० देखि एक हजार ६०० सम्ममा खरिद बिक्री भइरहेको छ ।

सदरमुकाम बेनीमा १०० किलो मह बिक्री गर्न आउनुभएका गुर्जाका झकबहादुर छन्त्यालले भिर महले बजार पाउन नसकेको बताउनुभयो । व्यापारीले जिल्ला वन कार्यालयबाट छुटपुर्जी लिएर मह सङ्कलन गर्दै आएका छन् ।

गुर्जाको घ्यासपुर, सितमनाथ, बरमथान, छहरा, रातोभिर, कुन्ना, ठूलोभिर, रिमतालालगायतका भिरमा मह सङ्कलन हुने गरेको छ । परम्परागत रुपमा गुर्जा, मुदी, लुलाङ, निस्कोट, कुइनेमङ्गले, चिमखोला गाविसमा मह सङ्कलन गरिन्छ । जिल्लामा वार्षिक दुई हजार २८० किलो भिरमह उत्पादन हुने गरेको जिल्ला वन कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...