Friday, July 8, 2016

कबिता नलेख्ने हरुले नेपाली भाषा, साहित्यलाई संसारभरी फैलाएका हुन्

DSC04264
८ जुलाई २०१६
वाशिंगटन डिसी – अन्तरास्ट्रिय नेपाली साहित्य समाज (INLS) स्थापना भएको २५ बर्ष पुगेको ऊपलक्षमा अमेरिकाको राजधानी वाशिंगटन डिसीमा संस्थाको “रजत जयन्ती” मनाईयो l
DSC04294
२०१६ को जुन ४ र ५ तारिख दुई दिन सम्म आयोजना गरिएको रजत जयन्ती कार्यक्रम जुन ४ तारिख शनिबार-साँझ वाशिंगटन डिसी नजिकै Chantilly भर्जिनियाको मिनर्बा ब्यांक्वेट-हलमा भब्य रात्रिभोज आयोजना गरियो l
DSC04319
संस्थाका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले केक काटेर रजत जयन्ती शुभारम्भ गरिएको भब्य समारोहमा: अनेसास को स्थापनाकाल देखीका आजीवन सदस्य खेम भट्टचनले आफ्नो मन्तब्यमा  भने – अमेरिकाको भर्जिनियामा मात्रै सिमित रहेको यो संस्थालाई पुरु सुबेदी, खेम भट्टचन जस्ता कहिल्यै कबिता नलेखने साहित्यप्रेमीहरुले अनेसास लाई संसारभरी फैलाएका हुन् l संस्थापक अध्यक्ष होमनाथ सुबेदीलाई साथ् दिंदै पुरू सुबेदीले गरेको यो अभियानलाई  आफूल़े पनी साथ दिएको कुरा भट्टचनले बताए  ।
DSC04236
अनेसास / INLS को स्थापनाकाल देखी २५ बर्ष सम्मै निरन्तर रूपमा संस्थामा सकृय योगदान गरेकाले ,
Washington DC  नेपाली दूताबासमा महामहिम राजदूत डा० अर्जुन कुमार कार्कीले  खेम भट्टचनलाई सम्मानपत्र र सुनौलो तक्मा पहिर्याई दिएर सम्मान गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...