Tuesday, July 5, 2016

एएनए एटलांटा सम्मेलन ६ बुदे घोषणा सहित सम्पन्न

ana sammelan

दि एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए)को एटलांटा सम्मेलन ६ बुदे घोषणा सहित सम्पन्न भएको छ l गत जुलाई १ देखि ४ तारिख सम्म भएको एएनएको सम्मेलनको नेपाल फोरम नामक कार्यक्रमको लागि नेपाली कांग्रेसका युवा नेता गगन थापा ,नेकपा एमालेका सभासद रबिन्द्र प्रसाद अधिकारी ,राजनैतिक समीक्षक ,पत्रकार जय निशान्त तथा संचारकर्मी तथा कार्यक्रम प्रस्तोता भुषण दाहाल आएका थिए l

ana 7

कार्यक्रमको समुद्घाटन अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्कीले गरेका थिए l तीन दिन सम्म चलेको उक्त सम्मेलनमा खेलकुद ,सांस्कृतिक कार्यक्रम ,नेपाल फोरम ,बिबिध बिषयका संगोष्ठी ,भेषभुषा प्रदर्शन ,प्रतिभा प्रतियोगिताहरु रहेका थिए l

अन्तिम दिन साधारण सभाले ६ बुदे एएनए घोषणा गर्दै यस बर्षको एएनएन सम्मेलन सम्पन्न गरेको छ l संस्थाको तर्फ बाट नेपालबाट आएका बिशेष अतिथिहरुमा नेता सांसद गगन थापा ,नेकपा एमालेका सभासद रबिन्द्र प्रसाद अधिकारी , राजनैतिक समीक्षक ,पत्रकार जय निशान्त तथा संचारकर्मी तथा कार्यक्रम प्रस्तोता भुषण दाहाल तथा राजदुत डा अर्जुन कुमार कार्कीलाई सहभागिता जनाएकोमा बिशेष धन्यवाद दिएको छ l

ana 6

दोश्रो, एएनए का सदस्य तथा रोजर अधिकारीको नेतृत्वमा रहेको वर्तमान कार्यकारी समितिले समस्यामा जकडिएको संस्थालाई पुनर्स्थानमा ल्याउन सकेकोमा धन्यबाद दिएको कुरा छापा बिज्ञप्तिमा उल्लेख गरिएको छ

तेश्रो ,एएनए भकुण्डो बिजेता टोलिलाई २०१७ मा नेपालमा हुने खेलकुदमा सहभागी गराइने भएको छ l चौथो ,अर्को बर्ष एएनए कार्यकारी समितिको निर्वाचनको लागि ३ सदस्यीय निर्वाचन समिति को गठन गर्दै डा शैलेन्द्र शुक्ला सभापति ,नविन दत्त उप सभापति तथा अनिल पाठक सदस्य रहेको समिति को घोषणा गरेको छ l

ana 9

पाचौ ,२०१७ मा एएनए सम्मेलन म्यारिल्याण्डको बाल्टिमोरमा हुने घोषणा सहित वर्तमान समितिले स्थानीय संघ तथा संस्था सन् सहकार्य गर्ने बिषयमा काम गर्ने बताईएको छ l छैठौ ,एएनए एटलांटा सम्मेलन सफलता पुर्वक सम्पन्न भएकोमा नासा ,आन्मा ,बाना ,आरएमएफएन ,अन्य संघ तथा संस्था तथा प्रतिनिधिलाई धन्यबाद दिएको छ l

ana 5 ana 4 ana 3 ana 2 ana 1

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...