Wednesday, July 6, 2016

शिक्षाको लागि संगीत गायक गम्बु शेर्पाको सांगीतिक यात्रा

13427853_1086078358115313_5005951893636103826_n

सुर्य चन्द काठमाडौँ : गायक गम्बु शेर्पा आफैमा एक चर्चित गायक तथा समाजसेवी पनि हुन, लामो समय देखि सांगीतिक फाटमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक गम्बु अहिले शिक्षाको लागि संगीत नाम दिएर एसिया देखि युरोप अमेरिका सम्म धेरै मुलुकहरुको लागि डेढ महिना लामो सांगीतिक यात्रामा निस्केका छन । दुबई बाट सुरु हुन लागेको उनको सांगीतिक यात्रा दुबई, इटाली, इजराइल, साइप्रस,बेल्जियम, लन्डन हुदै अमेरिकामा समाप्त हुदै छ l

ओखलढुङ्गा जिल्लामा जन्मेका गायक तथा समाजसेवी गम्बु शेर्पा बिगत १५ बर्ष देखि अमेरिकामा बस्दै आएका छन भने उनि फुड क्लोथ एजुकेशन डट ओ.आर.जी, थ्री जी साउण्ड इन्कका प्रेसिडेन्ट साथै नेपाल अमेरिकन आर्टिस्ट एसोसियसनका पूर्व प्रेसिडेन्ट सम्म रहेका छन । बिगत १५ बर्ष देखि गायन पेशालाइ अंगाल्दै आएका गम्बु शेर्पा एक राम्रो मनकारी बरिष्ट समाजसेवीमा अमेरिका तथा नेपालमा समेत चिर परिचित व्यक्ति हुन ।उनले बिगत देखि अहिले सम्म दिन दुखि पिडित अनाथ अपाङ्गलाइ मात्र नभएर कलाकारहरु लाइ पनि सहयोग गर्दै आएका छन भने उनले आफ्नो कमाईको केहि प्रतिशत समाजसेवाको लागि भनेर समेत छुट्टयाउने गरेका छन र उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि धेरै लगानी गर्दै आएका छन ।

13254020_1086078354781980_3733041892012554786_n

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...