Friday, July 29, 2016

भारत लैजाँदै गरेका गाई प्रहरी नियन्त्रणमा

cowsगौशाला, १४ साउन । खोलाको बाटो भएर चोरीपैठारी गरी भारत लैजाँदै गरेका १९ वटा गाई महोत्तरी प्रहरीले आज नियन्त्रणमा लिएकोे छ ।

महोत्तरी र सर्लाही जिल्लाको सिमानामा रहेको बाँके खोला किनारा भएर भारत लैजाँदै गरेका गाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

तस्करको एक समूहले गाई भारत लैजाँदै गरेको खबर पाएपछि इलाका प्रहरी कार्यालय गौशाला र खयरबन्नीबाट खटिगएको संयुक्त प्रहरी गस्ती टोलीले ती सबै गाई खयरबन्नीस्थित नेपाल–भारतको दशगजा नजिकै नेपाली भूमिमा नियन्त्रणमा लिन सफल भएको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।

यता गाई तस्करहरु प्रहरी टोली आइरहेको देखेर भारततर्फ भागेको प्रहरीले जनाएको छ । प्रहरीले ती गाई छोटी भन्सार कार्यालय सम्सीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...