Sunday, July 3, 2016

लागुऔषधसहित छ युवा पक्राउ

hatkadiराजविराज, १९ असार । लागुऔषधसहित छ युवालाई सप्तरीको सप्तकोसी नगरपालिकास्थित रक्तमाला सामुदायिक वनबाट प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर नगरपालिका–४ का ३६ वर्षीय आशिष मगर, सोही नगरपालिका बस्ने १८ वर्षीय अभिषेक पौडेल, १९ वर्षीय विक्रम राई, कास्की जिल्लाकी २२ वर्षीया इशा केसी र १८ वर्षीया बहनी उपासना केसी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

तीन जनालाई सामुदायिक वनभित्र गस्तीमा रहेको प्रहरीको टोलीले लागुऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो भने बाँकी तीन जनालाई सप्तकोसी–१ का हेमन्त राईका घरमा लुकाइएको लागुऔषधसहित पक्राउ गरिएको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो ।

राईलाई समेत पक्राउ गरिएको छ । अभियुक्तलाई अवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...