Saturday, July 9, 2016

अवैधानिक रुपमा विदेश लैजाने कार्य निरुत्साहन गर्न विशेष योजना ल्याइने

काठमाडौँ, २५ असार । श्रम तथा रोजगारमन्त्री दीपक बोहराले मर्यादित, व्यवस्थित तथा सुरक्षित वैदेशिक रोजगारीका लागि सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्मा विनियोजन विधेयक, २०७३ अन्तर्गत श्रम तथा रोजगार मन्त्रालयको छलफलमा सांसदले उठाउनुभएको प्रश्नको जवाफ आज दिँदै उहाँले मुलुकभित्र रोजगारीको उपयुक्त अवसर नभएका कारण वैदेशिक रोजगारीमा जानुपर्ने नेपाली युवाको बाध्यतालाई निरन्तर कम गरिने उल्लेख गर्नुभयो ।

उहाँले घरेलु कामदारका रुपमा महिलालाई असुरक्षित रुपमा विभिन्न मुलुकमा जाने प्रवृत्ति जारी रहेकामा चिन्ता व्यक्त गर्दैै अवैधानिक रुपमा लैजाने कार्यलाई निरुत्साहन गर्नेतर्फ सरकारले विशेष योजना लागू गर्ने बताउनुभयो ।

अफगानिस्तानको काबुलमा आतङ्ककारी आक्रमणमा परी ज्यान गुमाएका तथा घाइते नेपालीको उद्धारमा सरकारले विशेष पहल गरेको जानकारी गराउनुभयो ।

निःशुल्क टिकट र निःशुल्क प्रवेशाज्ञालाई व्यवस्थित रुपमा अगाडि बढाउनेतर्फ सरकारले काम गरिरहेको उल्लेख गर्दै उहाँले ठगी नियन्त्रणका लागि कडाभन्दा कडा प्रावधान सहितको नीति तथा कार्यक्रम बनाई सदनबाट नै पारित गरिने छ भन्नुभयो ।
उहाँले अफगानिस्तान, इराक, सिरिया, लिबिया जस्ता द्वन्द्वग्रस्त मुलुकमा कामदार पठाउने प्रक्रिया रोकिएको बताउँदै गलत धन्दा गर्ने वैदेशिक रोजगार संस्थालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “सीप, प्रशिक्षण तथा दक्ष कामदार पठाए मात्रै सुरक्षित र भरपर्दो वैदेशिक रोजगारी सम्भव छ”, उहाँले भन्नुभयो ।

बाल श्रमको अन्त्यका लागि सरकारले पहल जारी राखेको जानकारी दिँदै उहाँले केही दिन पहिले भक्तपुरका इँटा भट्टामा बालश्रम मुक्त गरिएको उल्लेख गर्नुभयो ।

विनियोजन विधेयक, २०७३ अन्तर्गत श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित विषयमा विभिन्न दलका २७ सांस प्रश्न गर्नुभएको थियो । यस्तै रामहरि खतिवडा, पेम्बा लामा, कृष्णप्रसाद पौडेल, चूडामणि विक जङ्गली र निशाकुमारी साहले थप स्पष्टीकरण माग्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...