Friday, July 29, 2016

डिसीमा नेपाली ब्यबसायिक तथा बिज्ञसंग भेटघाट कार्यक्रम गरिने

FotoFlexer_Photo

आगामी अगस्त महिनाको २८ तारिखमा डिसी महानगर क्षेत्रमा नेपाली मुलका बिभिन्न पेशा तथा ब्यबसायमा रहेका ख्याति प्राप्त तथा नेपाली समुदायमा चिर परिचित बिज्ञ तथा बिशेष व्यक्तिहरुलाई एकै थलोमा एकत्रित गर्दै भेटघाट कार्यक्रम गरिने भएको छ l

टकमांडू कार्यक्रम नामक संस्था द्वारा आयोजना हुने उक्त प्रथम कार्यक्रम अमेरिकामा लामो समय देखि बसोबास गर्दै आएका बिशेष युवा वर्गको पहलमा हुने छ l उक्त कार्यक्रमको लागी आगामी जुलाई ३१ तारिख पत्रकार भेटघाट कार्यक्रम बिशेष जानकारी दिने अभिप्रायले यस क्षेत्रमा रहेका संचार कर्मीहरुलाई निमंत्रना गरिएको छ l

talkmandu

नेपलिज प्रोफेसनल मिट अप नामक कार्यक्रममा बिज्ञान ,प्रबिधि ,चिकित्सा ,कानुन ,बाणिज्य तथा सामाजिक बिज्ञान आदि ईत्यादी समेत बिषयमा समेत छलफल हुने आयोजकले बताएका छन् l

पहिलो पटक डिसीमा हुने उक्त कार्यक्रममा अमेरिकाको लागि नेपाली राजदुत अर्जुन कुमार कार्की ,संचारकर्मी नारायण श्रेष्ठ ,प्रसिद्ध उधमी सामाजिक कार्यकर्ता तथा लेखक कर्ण शाक्य ,नेवा समुदायको प्रबर्धनमा अहम भूमिका निर्वाह गर्ने सिजन श्रेष्ठ ,अधिवक्ता बन्दिता दाहाल शर्मा ,डा मदन उप्रेती ,डा संजिवन गौतम ,प्रभास श्रेष्ठ लगायत अन्य बिशेष व्यक्तित्वहरुको सहभागी हुने भएको जानकारी संस्थाका पुस्कर प्रजापतिले दिएका छन् l

यसको साथै भबिष्यमा कसरि एक साथमा हिड्ने भन्ने मुख्य नारा रहेको संस्थामा सहभागी हुन् दर्ता गर्नु पर्ने समेत उल्लेख गरेको छ l निशुल्क दर्ता गर्न सकिने छ भने पहिलो पटक वाशिंगटन डिसीमा आयोजना गरिएता पनि आगामी दिनमा बिभिन्न शहरमा आयोजना समेत गर्ने लक्ष्य रहेको प्रजापतिले बताए l

banner

talkmandu 1

season_shrestha

बिस्तृत जानकारीको संस्थाको संजाल हेर्न समेत अनुरोध गरिएको छ l

http://ift.tt/2aQKtOc

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...