२९ जुलाई २०१६ – अमेरिकाको राजधानी वाशिंगटन डिसीमा आदिकबि भानुभक्त मेमोरियल भलिबल प्रतियोगिता
आयोजना गरेर २०३ औं भानु जयन्ती मनाईएको छ l
राजधानी वाशिंगटन डिसी नजिकै पोटोम्याक नदीको किनारामा अवस्थित भर्जिनियाको बडो मनोरम
लेज्निभानिया स्टेट पार्कको एकै भलिबल कोर्टमा, एकै दिनमा, हरेक बर्ष भलिबल प्रतियोगिता आयोजना गरेर
आदिकबि भानुभक्त आचार्यको सम्झना गर्ने गरेको २६ बर्ष भयो l एनआरएन भन्दा पनी धेरै ९० वोटा मुलुकहरुमा फैलिएको एक मात्र
अन्तरास्ट्रिय संस्था अन्तरास्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा आदिकबि भानुभक्त मेमोरियल भलिबल प्रतियोगिता हरेक बर्ष आयोजना गरिन्छ l
नेपाली दुतावास, वाशिंगटन डिसीका डिप्लोम्याट्स: ईकोनोमिक काऊन्सिलर श्री कैलाशराज पोखरेलले भलिबल हानेर
खेल प्रतियोगिता ऊदघाटन गर्नुभएको थियो l
पुरुष महिलाको संयुक्त खेल प्रतियोगितामा दिपक घर्तिमगर टिम क्याप्टेन रहेको टिम प्रथम भएको थियो भने
महिला तर्फको पुष्पा घिमिरे टिम क्याप्टेन रहेको टिम दोश्रा भएको थियो l
बिजयी टिमका खेलाडीहरुलाई अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुनेदीले प्रमाणपत्र बितरण गरेका थिए भने दिपक घर्तिमगरलाई संथाका अध्यक्ष राम प्रसाद खनालले सर्बश्रेष्ठ खेलाडीको प्रमाणपत्र प्रदान गरेका थिए l सर्बश्रेष्ठ खेलाडी दिपक घर्तिमगर पुर्ब मंत्री बालाराम घर्तिमगरका भतिजा हुन् l
नेपालका रास्ट्रिय स्तरका खेलाडीहरु चन्द्र लामा र अर्का रास्ट्रिय खेलाडी बिना खड्का लामा पनी
सहभागी भानु जयन्तीको यो बर्षको खेलको सबैभन्दा कम ऊमेरको खेलाडी सृजना पन्त थिईन l
आयोजक संस्था अन्तरास्ट्रिय नेपाली साहित्य समाजका सल्लाहकार खेम भट्टचनले खेलकुद प्रतियोगिताको संयोजन गर्नुभएको
यो खेल अनेसास डिसी मेट्रो कमिटीको आयोजनामा भएको थियो l
No comments:
Post a Comment