Monday, July 4, 2016

घम थापा अमेरिकामा सम्मानित

ghamed

मास्टर हल ओफ फमे ले अमेरिका मा घम बहादुर थापा मगर लाइ सम्मान गरेको छ. उक्त्त सम्मानको लागि थापालाई २ महिना पहिले मास्टर हल अफ फेम ले मनोनित गरेको थियो l थापा ले नेपाल मा मार्शल आर्ट विकासको लागि गरेको काम को आधारमा मास्टर हल अफ फेम ले जुन १८ मा अमेरिकाको ओहायोमा सम्मानको लागि मनोनित गरेको थियो l

तर घम थापा आफ्नो कार्य व्यस्तताले जुन १८ मा जना नसके पछि उक्त अवार्ड नेपाल आइ टिएफ का पूर्व अध्यक्ष तथा नेपाल राष्ट्रिय मार्शल आर्ट महासंग का सस्थापक अध्यक्षले आयोजक समितीलाई पठाएको थियो l उक्त अवार्ड जुलाई ३ मा अमेरिकाको बाल्टिमोर स्थित एव्रेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकेडेमीमा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंगका सस्थापक अध्यक्ष राज कुमार थापा तथा नेपाल आन्तराट्रिअय टेक्वोन-दो महासंग का पूर्व अध्यक्ष तथा नेपाल राष्ट्रिय मार्शल आर्ट महासंघका सस्थापक अध्यक्ष मास्टर कृष्ण बहादुर बलाल तथा मास्टर कुमार कार्कीले अवार्ड प्रदान रेका थिए l

मास्टर हल फेम ले हरेक वर्ष मार्शल आर्ट बिकाशको लागि काम गर्ने मार्शल आर्ट कर्मीलाई सम्मान अवार्ड प्रोग्राम आयोजना गर्ने गर्छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...