Thursday, July 7, 2016

नक्कली परीक्षार्थी पक्राउ

अछाम, २३ असार । शिक्षाशास्त्र सङ्काय अन्तर्गत स्नातक तहको दोस्रो वर्षको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
अर्काको नाउँबाट परीक्षा दिइरहेका बेला भटाकाटिया गाविस–३ का २३ वर्षीय पदमबहादुर साउद पक्राउ परेका हुन् । साउदलाई अछाम बहुमुखी क्याम्पसको परीक्षा कक्षबाट परीक्षा दिँदै गर्दा पक्राउ गरिएको हो । उनी भटाकाटिया गाविस घर भई हाल कैलाली जिल्लाको टीकापुर बस्दै आएका टेकबहादुर साउदका नामबाट परीक्षा दिँदै थिए ।

अभियुक्त पदमबहादुर प्रहरी हिरासतमा रहेको र उनलाई नक्कली परीक्षा दिई किर्ते काम गरेबापत हुने कारबाही गरिने अछामका प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...