Friday, July 29, 2016

कांग्रेस कार्यकर्ता ओली सरकार ढाल्ने पक्षमा छैनन्, देउवाले मनपरी गरेः सुजाता

sujata-1काठमाडौं, १४ साउन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढाल्ने पक्षमा आफ्नो पार्टीका कार्यकर्ताहरु नरहेको बताउनुभएको छ ।

मदन भण्डारी फाउन्डेसनले शुक्रबार राजधानीमा आयोजना गरेको ‘परिवर्तित सन्दर्भमा नेपाल र भारत तथा चीनसँगको सम्बन्ध’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै काँग्रेस नेतृ सुजाताले वर्तमान ओली नेतृत्वको सरकार ढाल्नुपर्ने पक्षमा आफ्नो पार्टीका कार्यकर्ता नरहे पनि शक्तिका खेलाडीले सरकार परिवर्तन गर्न लागेको टिप्पणी गर्नुभयो ।

सभापति शेरबहादुर देउवा र भारततर्फ संकेत गर्दै उहाँले भन्नुभयो- ‘वर्तमान सरकार ढाल्ने हाम्रो र हाम्रा कार्यकर्ताको चाँहना होइन् । सत्ता र शक्तिका खेलाडीको चलखेल हो ।’

प्रधानमन्त्री ओलीसमेत सहभागी कार्यक्रममा उहाँले वर्तमान सरकारले लिएको राष्ट्रियतासम्बन्धी अडान सही भएको विचार राख्नुभयो ।

– See more at: http://ift.tt/2aiGTdP

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...