Saturday, July 30, 2016

चैतन्यले पशुपतिमा मातृत्त्व चिन्न सिकाउँदै

नेपाल महिमा प्रवचन तस्वीर 6

देवर्षि । काठमाडौं, साउन १५ । कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष, धर्म–अध्यात्मका प्रखर प्रवचक चैतन्यकृष्णले काठमाडौं पशुपतिनाथ क्षेत्रमा नेपाल महिमाको प्रवचन गरिरहनु भएको छ । यही साउन ९ गतेदेखि २२ गतेसम्म चल्ने नेपाल महिमा एवं शिवकथामृत प्रवचन ॐ नमः शिवाय परिवारको आयोजनामा सञ्चालन भएको बताइएको छ ।

नेपाल महिमा प्रवचन तस्वीर 5

धार्मिक क्षेत्रमा युवा पँक्तिबाट धर्म–अध्यात्मका प्रवक्ताको रूपमा मानिने चैतन्यले समष्टिमा मातृत्त्वको महत्त्व, विशालताको बारेमा वैज्ञानिक ढङ्गबाट प्रवचन गर्दै आउनु भएको छ । धर्म, संस्कारले मातृशक्तिलाई अपहेलना गर्छ भन्ने गरेको हाम्रो समाजमा सनातन वैदिक धर्म संस्कारले मातृशक्तिलाई पुरुषलाई भन्दा बढी अधिकार र सम्मान दिएको पुष्टि गर्दै सो अधिकारको मातृजगतले सदुपयोग गर्नसक्नु पर्नेतर्फ उहाँको प्रवचन केन्द्रित हुने गरेको छ ।

नेपाल महिमा प्रवचन तस्वीर 4

धेरै उदाहरण, तर्क एवं प्रमाणित विषयहरूको शन्दर्भलाई जोडेर नेपाल भूमिको महिमा, यहाँ रहेको साधन, स्रोत एवं प्रकृतिप्रदत्त संपदा आदिको र धार्मिक एवं आध्यात्मिक दृष्टिबाट नेपालसँग अन्य मुलुकको तुलना नहुने कृष्णचैतन्यको सारगर्भित प्रवचन हुने गर्छ । राजनीतिक कारणबाट दिनानुदिन असक्षम र अपहेलित हुँदै गयो भन्दैमा हामी नेपालीले जन्मभूमिप्रतिको कर्तव्य बिर्सन हुन्न, नेपालको वास्तविक महिमा हामीले जान्नु पर्छ र सो वास्तविकता के छ त्यसलाई जानेर बचाउनसक्नु पर्ने हामी सबै नेपाली नागरिकको काँधमा दायित्त्व आएको छ । व्यास गद्यीबाट चैतन्यले प्रतिदिन गर्ने प्रवचनको आसय हुन्छ, प्राय सबै दिन आफ्नो सहभागिता जनाउँदै आएकी संस्कार पाठशाला अभियानकी अभियन्ता देवी घिमिरेले बताउनु हुन्छ ।

नेपाल महिमा प्रवचन तस्वीर 4

बढी सँख्यामा मातृशक्तिकै सहभागिता रहने सो प्रवचनमा आमा तथा दिदी बहिनीहरूको आँखामा चैतन्यका तार्किक वाणी सुनेर हर्षविभोरका अश्रु टिल्पिलाई रहेको देख्न पाइन्छ । ‘पुरुषको तुलनामा मातृशक्तिलाई दोब्बर अधिकार र अवसर छ, एउटा आमाको मर्यादासँग कसैको तुलना हुँदैन, सृटिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता शिवले पनि आदिशक्ति भगवतीकै ध्यान गर्नु पर्छ’ चैतन्यले धेरै उदाहरण तथा शास्त्रीय मत ल्याएर प्रमाणित गर्दै प्रवचन गर्नुहुन्छ । सहभागि आमा, दिदी बहिनी तथा समस्त मातृगण र अन्य सहभागीहरूले आमाको महिमा सुन्न पाएकोमा मातृत्त्वको महत्त्व बोध गरेको महसूस गर्दछन् ।

नेपाल महिमा प्रवचन तस्वीर 3

न्यूज टिमका प्रतिनिधि पशुपतिनाथ क्षेत्रमा सञ्चालन भएको सो नेपाल महिमा एवं शिव कथामृत प्रवचनमा पुग्दा चैतन्यका प्रवचनको प्रभावले छोराछोरी तथा बुहारी आदिको अपहेलनामा परी बृद्धाश्रमको शरणमा पर्न बाध्य भएका आमाहरूलाई पनि नछोडेको भेटियो । बृद्धाश्रमको शरणमा बसेका पम्फा कार्की, गोमा खड्का र शिव कुमारी लिम्बुले सो प्रवचन कार्यक्रमका आयोजकलाई पाँच–पाँच सय रूपैया दान चढाएको उद्घोषकले उद्घोष गर्दा धेरैका आँखा रसाएका थिए । नेपालीलाई नेपाल महिमा र सबै सन्तानलाई आमाको महिमा सम्झाइदिने चैतन्यको चेतना अझै प्रगाढ होस न्यूज टिमको शुभकामना छ ।

नेपाल महिमा प्रवचन तस्वीर 1

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...