Monday, August 1, 2016

अपराध नियन्त्रणमा रौतहटको सुरक्षा निकाय सक्रिय

रौतहटको सुरक्षा निकाय अपराध नियन्त्रण गर्न निकै सक्रिय देखिएको छ । एकै दिनमा रौतहटको सुरक्षा निकायले ठूलो सफलता हासिल गरेबाट यसको पुष्टि हुन्छ ।

सशस्त्र प्रहरीले दुई हतियारसहित चारजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले सरमुजवा ८ बंकुलबाट सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले रामपुर खापका सनेन्द्र पटेल, राकेश पटेल, कमलेश पटेल र राकेश सिंहलाई एक थान अटोमेटिक पेस्तोल र एक थान सिक्सरसहित पक्राउ गरिएको छ ।

यसै गरी इलाका प्रहरी कार्यालय चन्द्रपुरले एक घरमा छापामारी ११ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ परेका सबैमाथि छानबिन गरी आवश्यक कारबाही गरिने डिएसपि मनोज कुमार यादवले बताएका छन् ।
यसैबीच इलाका प्रहरी कार्यालय गरुडाले एक सय बीस लिटर अवैध लोकल मदिरा नष्ट गरेको छ । विभिन्न सार्वजनिक यातायातबाट पक्राउ गरिएको मदिरालाई स्थानीय बुद्धिजीवी, उद्योग वाणिज्य संघ, सञ्चारकर्मी लगायतको उपस्थितिमा खन्याएर नष्ट गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...