Monday, August 8, 2016

माधुरी कुमालको धन र मन हुनेलाई यस्तो आग्रह र समाज सेवी उप्रेती सहयोगको लागि जुटिन

Madhuri-Dampati1

तस्बिर :अनलाइन खबर

म माधुरी कुमाल । घर प्युठान । ३० वर्षकी भएँ । श्रीमान ३२ वर्षका भए । मेरा स-साना दुई जना छोराछोरी छन् । उनीहरुलाई अर्काको घरमा राखेर अहिले श्रीमानको उपचार गर्न काठमाण्डौंमा छौ‌ । मेरो श्रीमानलाई ब्लड क्यान्सर भएको छ, उपचार गर्न दश लाख रुपैंया जति चाहिन्छ, म सँग आफ्नो सम्पति भनेको दश रुपैंया पनि छैन ।

गाउँलेले भनेका छन्; तेरो लोग्ने बाँच्दैन, व्यर्थ दुःख नगर । तपाई‌हरुसँग मेरो अनुरोध छ; तपाईहरुले सहयोग गरी दिनु भए श्रीमानको उपचार गराउन सक्थें कि ! नभए त मेरा श्रीमानको यो धर्तीमा धेरै दिन हुने छैन भनेका छन् डाक्टरहरुले ।

मलाई सहयोग गर्न चाहानुहुन्छ भने

सम्पर्क फोन :- 9812821175
खाता नं.:- ४०००१७६०२४५
सानीमा बैंक, गोंगबु
नारी वचत खाता
माधुरी कुमाल
SWIFT: SNMANPKA

यसै गरि अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली चलचित्र तुईनकि निर्मात्री तथा समाज सेवी श्रीजना उप्रेती माधुरी कुमाल को सहयोगको लागि जुटेकी छिन् l उप्रेती नेपालको भ्रमणमा छिन् भने कुमाल संग भेटघाट र सहयोग गर्ने हेतुले बानेश्वर स्थित सिविल अस्पतालमा भेटघाट गरेकी छिन् l

माधुरी कुमाल भेटघाट गरे पछि आफ्नो तर्फ बाट आर्थिक सहयोग जुटाउन कम्मर कसेर लागेकी छिन् भने सामाजिक संजालबाट सबै साथीभाई लाई सहयोग गर्न आग्रह समेत गरेकी छिन् l खर्च जुटाउनु पर्ने हुनाले माधुरी काठमाडौँका हरेक ढोका ढक ढकाउन हिडने गरेको उप्रेतीले बताइन .l

shreejana

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...