Tuesday, August 2, 2016

आगोलागीबाट दश लाखको क्षति

भक्तपुर,  १८ साउन । भक्तपुर नगरपालिका–४ स्थित महालक्ष्मी स्थान देकोचामा सूर्यमान नकर्मीको घरमा आज आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।

नकर्मीको दुईतले घरको माथिल्लो तलामा ग्यास चुहिइएर भएर आगोलागी हुँदा माथिल्लो तला पूर्णरुपमा जलेर क्षति भएको, कोठामा रहेको फर्निचर, लत्ताकपडा, भाँडाकुँडालगायत सामग्री जलेर नष्ट भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

आगोलागी भएपछि ग्याँस सिलिन्डर पड्केको र स्थानीयबासिन्दा, प्रहरी र दमकलको सहयोगले आगो नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...