Sunday, August 28, 2016

दुई साताभित्र साझाका ३० बस आइपुग्ने

saja busकाठमाडौँ, १२ भदौ । काठमाडौँ महानगरपालिकाको रु दश करोड लगानीमा साझाले ल्याउन लागेको तीसवटा बस दुई साताभित्र काठमाडौँ आइपुग्ने भएको छ ।

साझा यातायातका कामु निर्देशक महेन्द्रराज पाण्डेकाअनुसार ढिलोमा दसैँ अघि नै उपत्यकामा साझाका नयाँ बस गुड्ने छन् ।
साझाले हाल उपत्यकामा तीनवटा रुटमा १६ वटा बस सञ्चालन गरिरहेको छ ।

“दुई हप्तामा बस काठमाडौँ आइपुगे पनि दर्ता प्रक्रिया, सिसी टिभी जडान, कर्मचारी भर्ना र रुट पमिट लिनुपर्ने हुँदा असोजको तेस्रो सातादेखि मात्रै यात्रुले नयाँ बस चढ्ने पाउनेछन्” – पाण्डेले भन्नुभयो ।

पाण्डेका अनुसार अब आउने नयाँ ३० वटा बस अहिले कायम रुटका साथै केहीलाई रत्नपार्क–भक्तपुर रुटमा गुडाउने तयारी छ ।

पछिल्लो समय साझा यातायातले मुलुकमा आइपर्ने विभिन्न कठिनाइका बीच पनि यात्रुलाई गन्तव्यमा पु¥याइरहेको र यो कार्यको सराहना गर्दै गत भदौ २ गते प्रधानमन्त्री पुष्प कमल दाहालले साझाको सेवा विविधिकरण गर्न र गुणस्तरीय बनाउन निर्देशन दिनुभएको थियो ।

काठमाडौँको ट्राफिकको बढ्दो चाप र यात्रुको बेहोर्नु परेको सास्तीलाई ध्यानमा राखी साझा बस थप्न लागिएको कामपाको भनाइ छ ।

काठमाडौँ उपत्यकामा ठूलो आकारको बसको आवश्यकता महसुस गरी साझाको यो योजनामा रु दश करोड लगानी गरेको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...