Monday, August 8, 2016

दुई बस ठोक्किँदा नौ घाइते

imagesरत्ननगर (चितवन), २५ साउन । पूर्वी चितवनको राप्ती नगरपालिका–९ खुरखुरेमा सोमबार दुई बस ठोक्किँदा नौ यात्रु घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्तीको खुरखुरेमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १ क ५२२७ नम्बरको डेजी स्कुलको बसले सोही दिशातर्फ आउँदै गरेको ना ५ ख १९७६ नम्बरको बसलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

सोमबार साँझ भएको दुर्घटनामा घाइते भएका यात्रुको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना भएका गाडीका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...