Saturday, August 13, 2016

नेदरल्यान्ड्सविरुद्ध नेपालको परीक्षा

काठमाडौँ, २९ साउन । विश्व क्रिकेट लिग च्याम्पियन्स लिगअन्तर्गत आज बलियो नेदरल्यान्ड्सविरुद्ध नेपालको परीक्षा हुँदैछ ।
जारी लिगको शीर्ष स्थानमा रहेको टोली नेदरल्यान्ड्सविरुद्ध उसकै घरेलु मैदानमा उत्रँदा नेपाल पक्कै दबाबमा पर्नेछ । आठ टोलीमध्ये छैटौँ स्थानमा रहेको नेपाललाई विश्वकप खेल्ने आशा कायमै राख्ने हो भने आजको खेल जित्नैपर्ने हुन्छ । यदि नेपालले आजको खेल जितेमा दुई दिनपछि अर्थात् सोमबार हुने दोस्रो खेलमा उच्च मनोबल हुने निश्चित छ ।

जारी लिग च्याम्पियनसिपमा रहेका आठ टोलीमध्ये शीर्ष चार टोलीले बङ्गलादेशमा सन् २०१८ मा हुने आइसिसी विश्वकप छनोट खेल्ने अवसर पाउनेछन् जो विश्वकप खेल्ने अन्तिम खुट्किलो हो । यदि नेपाल शीर्ष चरणमा रहन सकेन भने विश्व क्रिकेट लिग डिभिजन–२ मा घटुवा हुनेछ ।

लिगमा नेपालभन्दा अगाडि नेदरल्यान्ड्ससँगै हङकङ, पपुवा न्युगिनी, स्कटल्यान्ड र केन्या तथा पछाडि नामिविया र संयुक्त अरब इमिरेट्स छन् । नेपालले खेलेका चार वटै घर बाहिरका खेल गुमाएको छ । उसले पपुवा न्युगिनी र स्कटल्यान्डसँग खेलेका दुई दुई गरी चार खेल गुमाएको छ । नेपालले करिब चार महिनाअघि घरेलु मैदानमा भएका दुवै खेलमा नामिवियालाई पाखा लगाउँदै विजयी सुरुआत गरेको हो ।

अभ्यास खेलका दौरान बेलायत गएको नेपालले चार खेलमा लगातार जित निकालेको थियो । त्यस्तै लन्डनको लड्स मैदानमा पुरानो क्रिकेट क्लब मेरिलेबोन (एमसिसी) सँग भएको ऐतिहासिक मैत्रीपूर्ण खेलमा पनि नेपाली टोलीले सानदार जित निकालेको थियो तर यही बिहीबार भएको नेदरल्यान्ड्स ‘ए’ टोलीसँग भने नेपाली टोली अपेक्षा विपरीत पराजित भएपछि मनोबल केही खस्किएको अनुमान छ ।

नेपाली मुख्य प्रशिक्षक जगतबहादुर टमाटा भने यो मान्न तयार हुनुहुन्न । यो मैत्रीपूर्ण खेल भएकाले यसको हारबाट थप शिक्षा लिँदै अघि बढ्ने उहाँले बताउनुभयो । प्रशिक्षक टमाटाका अनुसार यस पटक नेदरल्यान्ड्सलाई हराएर नेपालले आफ्नो छनोट आशा जीवितै राख्ने बताएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...