Tuesday, August 2, 2016

दुई बालकको पहलमा महा भूकम्पलाई सम्झिएर “सेकेन” बजारमा

bimochan 4महा भूकम्प २०७२ बारे २४ बाल बालिकाको सस्मरण संगालो “सेकेन” प्रकासित भएको छ | जर्मनीमा बस्ने अनुकृत लामिछाने र अमेरिकामा रहेका नेपाली बालकहरुको सक्रियता सम्पादनमा पुस्तक प्रकासित भएको हो | नेपाल बाहिरका ८ जना र नेपालमा रहेका १६ बालबालिका को सस्मरण समेटिएको छ | ठुला मान्छेहरुको सस्मरण अनुभबलाई धेरै पत्र पत्रिकाले स्थान दिएको तर बाल बालिकाको मनोभाब ,मनोविज्ञान तर्फ धेरै को ध्यान नगएको हुदा बाल बालिका को सस्मरण लिएर आएको बताउछन |

bimochan 2उक्त पुस्तकको लेखक बालबालिका कै हात बाट सर्वनाम थिएटरमा लोकार्पण भयो | प्रकासक द्वय हिमांसु र अनुकृत लगायत अन्य लेखक बालबालिकाहरू अञ्चित ढुंगाना, अस्मिता भट्टराई, अवतार पाठक, चिराग तिमिल्सिना, महेश भट्टराई, नान्सी गुरागाई, प्रज्ञा बास्तोला, प्रज्ञा भण्डारी, सार्थक न्यौपाने, सुर्मा डंगोल, सुलेखा भण्डारी, श्रीजन आचार्यले बिमोचन गरेका थिए | सोहि अबसरमा अञ्चित ढुंगाना, अस्मिता भट्टराई, अवतार पाठक, चिराग तिमिल्सिना,सार्थक नेउपानेले भूकम्प बारे आफ्नो अनुभब पनि मौखिक रुपमा पनि व्यक्त गरेका थिए |

bimochan 1

पुस्तकमा सल्लहाकार सम्पादक महेस पौडेल ,साहित्कार अशेस मल्ल,नीलम कार्की निहारिका ,डा.रबिन्द्र समिर ,हरिहर तिमिल्सिनाले शुभकामना मन्तब्य दिएका थिए |

सम्पादक द्वय हिमांशु र अनुकृत ले अब आफुहरु बाल बालिकाको रचना को संगालो प्रकासित गर्ने कार्य लाई निरन्तरता दिदै अर्को बर्स बालबालिकाको कथाहरु को संगालो प्रकासन गर्ने योजना भएको हुदा बाल बालिका लाई कथा लेखि पठाउनको लागि अनुरोध पनि गरेका छन् |

[email protected][email protected] इमेलमा पठाउन सकिने बताएका छन |

bimochan 3

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...