Wednesday, August 3, 2016

राष्ट्रिय हितको जगेर्ना र संविधान कार्यान्वयन सरकारको मूल दायित्व

05022016071948Sherbahadur--Dewa-02-1000x0काठमाडौँ, १९ साउन । नेपाली काँग्रेसका सभापति एवम् सांसद शेरबहादुर देउवाले संविधानको कार्यान्वयन गर्न, राष्ट्रिय हितको जगेर्ना गर्न सबैको सकारात्मक साथ र सहयोगको जरुरी रहेको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को ४९ उपनियम (४) बमोजिम नेपालको प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्नुभएका सांसद पुष्पकमल दाहाल प्रस्तावक उहाँले अबको सरकारको प्रमुख दायित्व राष्ट्रिय हितको जर्गेना र संविधानको कार्यान्वयन नै रहेको बताउनुभयो ।

उहाँले शान्तिपूर्ण रुपमा सरकार परिवर्तन हुनु प्रजातन्त्रको सुन्दरतम् पक्ष भएको बताउदै अहिलेको प्रजातान्त्रिक अभ्यासलाई अस्वाभाविक रुपमा लिन नहुने विचार व्यक्त गर्नुभयो ।

स्थायी शान्तिको पक्षमा नेपाललाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै उहाँले स्थानीय, प्रान्तीय र प्रतिनिधिसभाको निर्वाचनमा जानुपर्ने र संविधानको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

संविधानको कार्यान्वयन, भूकम्पपीडितलाई द्रूतरुपमा राहत प्रदान गर्ने, शान्ति स्थिरताको मार्गमा अगाडि बढाउन आफूहरु प्रयत्नशील रहने उल्लेख गर्नुभयो । ‘‘साथी बदल्न सकिन्छ, छिमेकी बदल्न सकिदैन । चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ भन्नेमा नेपाली काँग्रेस दृढ रहेको प्रष्ट पार्नुभयो ।

नेपालको विकासका साझेदारसँग पनि सुमधुर स्म्बन्ध कायम गर्दै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सकिने अभिमत प्रकट गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...