Sunday, August 14, 2016

सरकार र मधेसी मोर्चावीच वार्ता हुँदै, मागको सूची पेश गर्ने

Morcha-Sanga-Congress-mao-C-Ko-Meeting-650x278काठमाडौं, ३० साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सत्तारुढ दल कांग्रेस–माओवादी केन्द्रवीच आज वार्ता हुने भएको छ ।

सिंहदरबारमा अपरान्ह पाँच बजेपछि हुने वार्तामा मधेसी मोर्चाले अगाडि सारेका मागका विषयमा छलफल हुने राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव तथा प्रवक्ता केशव झाले जानकारी दिनुभयो । शहीद घोषण, घाइतेको उपचार, मुद्दा फिर्ता, न्यायाधिक आयोग गठनलगायतका विषयमा छलफल हुने झाले बताउनुभयो ।

सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले प्रधानमन्त्री निर्वाचनका बेला भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमै छलफल केन्द्रित हुने बताउनुभयो ।

सरकारले मधेसी मोर्चाका मागलाई सम्बोधन गर्ने बताउँदै आएको छ । सोही तयारी अनुसार आज सत्तारुढ दल र मधेसी मोर्चावीच वार्ता हुन लागेको हो ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...