Wednesday, August 17, 2016

भाइरल रोगका बिरामी बढे

viral-jotoरामपुर (पाल्पा), २ भदौ । पाल्पामा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेपछि पाल्पा अस्पतालका चिकित्सकलाई उपचार गर्न भ्याइनभ्याइ भएको छ ।

पाल्पा अस्पतालमा चिकित्सकद्वारा आधुनिक उपकरणसहितको सेवा दिन थालेपछि ठूला अस्पताल र निजी क्लिनिकमा उपचार गर्न नगई बिरामी पाल्पा अस्पतालमा जाने गरेका छन् । १५ शय्याको अस्पतालमा हिजोआज भाइरल फिभरका बिरामी दिनहुँ सय देखि १५० जनासम्म आउने गरेको अस्पतालले जनाएको छ ।

अस्पतालमा दक्ष चिकित्सकद्वारा ल्याब, एक्स–रे, भिडियोे एक्स–रे, डेन्टल, गर्भपतन, सुत्केरीलाई राम्रो सेवा प्रदान गर्न लागेपछि बिरामीको पाल्पा अस्पतालप्रति विश्वास बढेको पाइएको छ ।

अस्पतालका डाक्टर सुरज लामिछानेले गत १५ दिनयता भाइरल फिभर र टाइफाइडका बिरामी अत्यधिक मात्रामा आउने गरेको बताउनुभयो । दूषित पानी, खानपान र प्रदूषित वातावरणका कारण यो रोग लाग्ने हँुदा यसबाट सजग रहन उहाँले आग्रह गर्नुभयो ।

भाइरल फिभर सरुवा रोग भएको हुँदा बिरामीसँग बढी हेलमेल गर्ने र नजिक रहन नहुनेसमेत उहाँले बताउनुभएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...