Saturday, August 27, 2016

स्विजरल्याण्डमा यस्तो देखियो तीजको रौनक (भिडियो सहित)

DSC_0380
स्विजरल्याण्ड । गैर आवासीय नेपाली संघ , स्विजरल्याण्डले आयोजना गरेको तीज बिशेष कार्यक्रम हरितालिका साँझ यसै २७ अगस्ट २०१६ का दिन सम्पन्न भएको छ । कार्यक्रममा लगभग ९० जना नेपालीको उपस्थिति रहेको थियो ।
DSC_0431
बल्ल बल्ल आएको शनिबारको साँझ, दिनभरि कामको थकाई , तैपनि रोकेन स्विजरल्यान्डका नारीहरुलाई तिजमा सजिएर नाच्न । पहिलाका बर्षहरुमा बिजया भट्टले गर्नुभएको तिज कार्यक्रमहरु पश्चात यो बर्ष देखि एन आर एन स्विजरल्याण्डले पहिलो पटक आयोजना गरेको तिज कार्यक्रममा स्विजरल्याण्डको जेनेभा सहरदेखि बर्न ,बासेल,जुरिच लगायत विभिन्न सहर सम्मका नारीहरुले खुलेरै नाचे ।
DSC_0326
स्विजरल्याण्ड भरिका करिब ६० नारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा यहाँ रहेका ३० भन्दा बढी पुरुषहरुले पनि त्यत्तिकै साथ दिए । “बास्तबमा तिज हाम्रा लागि नाच्नु गाउनु मात्र होइन, दुख सुखको गफ गर्ने अनि आत्मियता बढाउने सु अवसर पनि हो ” भन्छिन कार्यक्रम संयोजक शिमा गौतम ले । ” नेपालमा महिलाहरु मात्र बसेर पिर बेदनाका बाढी लगाएंथ्यो तर यहाँ पुरुषहरुले पनि साथ दिएर हामीलाई त्यो पिर पनि भुलाईदिएका छन्” उनले थपिन ।
DSC_0315
स्विजरल्याण्डमा कति राम्रा दिदि बहिनिहरु हेर भन्दै सुरुवात गरेकी प्रमुख अतिथि तथा दोहोरि गायिका शकुन्तला थापाले कार्यक्रमलाई ब्यापक मनोरंजन प्रदान गरेकी छन् । स्थानिय कलाकार गौरी गुभाजु , राजेन्द्र भण्डारी ,अमिता श्रेष्ठ , स्विजरल्याण्डका एकमात्र नेपालि गायक सुवास सुन्दास लगायत स्थानिय नेपालीहरु कम्मर मर्काएर गायिका थापाको गितमा झुमे ।
DSC_0392
दोहोरि गायिकाले धमाकेदार तिज गितहरु को नाचेर थाक्ने , सिरमा लाउने सिर्फ़ुल, मेरो कालेलाई जे लाएनि सुहाउछ , सबैले भन्छन मै राम्री छु रे , रातो गलबन्धि अनि तातो गलबन्धि लगायतका गित गाउंदा उपस्थित सबैजना कम्मर हल्लाउंदै नाचे ।
DSC_0269
तिज कार्यक्रमको आयोजनाले भाषा, संस्कृती, रहनसहन, भेष भुषाको संरक्षण हुनुको साथै यहिं हुर्के बढेकाहरुको लागि संस्कृतीको समेत पहिचान हुने महिला संयोजक तथा कार्यक्रम कि सह संयोजक सुभा एल्मर लामाले मेरोजिल्ला डट कम लाई बताउनु भयो ।
DSC_0431
गैर आवासीय नेपालि संघ स्विजरल्याण्डले आयोजना गरेको उक्त तिज कार्यक्रममा खानाको लागि संघका सचिब फणिन्द्र पन्तको नेतृत्वमा महासचिब भुमि राज गुरुङ , कोषाध्यक्ष शुक्र श्रेष्ठ , प्रबक्ता सन्तोष राई , सदस्य विजय शर्मा दर्पण , गुण राज शर्मा को साथमा आनन्द पोख्रेल ले ब्यबस्थापन गरेका
DSC_0450

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...