Wednesday, August 3, 2016

ओबामाको आरोप : ट्रम्प राष्ट्रपति बन्न लायक छैनन

150217095715-barack-obama-speech-white-house-exlarge-169

काठमाडौं, १९ साउन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपति बन्न लायक नभएको बताएका छन्।

ओबामाले ट्रम्पको पार्टीले अरबपति उनलाई किन अहिलेसम्म राष्ट्रपतिका लागि समर्थन गरिरहेको भन्ने प्रश्न समेत गरेका छन्। ओबामाले रिपब्लिकन पार्टीका पछिल्ला राष्ट्रपतिका उम्मेदवारहरुको तुलनामा ट्रम्पसँग विश्वकै सबैभन्दा शक्तिशाली पदमा बसेर फैसला लिने सक्ने क्षमता नभएको र उनीसँग राष्ट्रपति हुने स्वभाव पनि नभएको उल्लेख गरेका छन्।

राष्ट्रपतिका उम्मेदवार ट्रम्पले भने राष्ट्रपति ओबामा एक असफल र नालायक नेता भएको आरोप लगाएका छन्। यस्तै ट्रम्पले राष्ट्रपतिकी उम्मेदवार हिलारी क्लिन्टन कुनै सरकारी पदका लागि योग्य नभएको टिप्पणी गरेका छन्।

ओबामाले भने,‘रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति पदका लागि अयोग्य छन् र सावित आफै गरिरहेका छन्।’ एजेन्सी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...