Sunday, August 21, 2016

कबुलियती वनबाट छयत्तर हजार घरधुरी लाभान्वित

images baanकाठमाडौँ, ५ भदौ । कबुलियती वनको प्रयोगबाट ७६ हजार ४७२ घरधुरी लाभान्वित भएका छन् ।

वनको संरक्षण र संवद्र्धनको जिम्मा स्थानीयलाई दिएपछि उनीहरु लाभान्वित भएका हुन् । वन विभागका अधिकृत नारायण भट्टराईले २० प्रतिशतभन्दा कम रूखबिरुवा रहेका वन स्थानीयलाई ४० वर्षका लागि प्रयोग गर्न दिएर आर्थिक क्षेत्रमा सक्षम बनाउन विभागले काम गरिरहेको बताउनुहुन्छ ।

राज्यले दिएको वनलाई स्थानीयले डालेघाँस, किम्बु, अम्रिसो, बाँस, सुन्तला, आँप, लिचीलगायत रोपेर आर्थिक उत्पादन गरिरहेका छन् । नेपालमा कबुलियती वनको अवधारणा २०५० सालदेखि सुरु भएको हो । पाँचदेखि १२ घरधुरीलाई समूह बनाएर वनको संरक्षण र संवद्र्धन गर्दै आएको छ । हाल मुलुकमा ७३ हजार ९९३ हेक्टर क्षेत्रफलमा सात हजार ६२२ कबुलियती वनका समूह रहेका भट्टराईले बताउनुभयो ।

मध्यमाञ्चल विकास क्षेत्रको मकवानपुर र काभ्रेपलाञ्चोकबाट सुरु भएको कबुलियती वन हाल देशका ३९ जिल्लामा विस्तार भएको विभागले जनाएको छ । सबैभन्दा धेरै कबुलियती वन मकवानपुर र तनहुँमा रहेका बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...