Wednesday, August 3, 2016

‘भारतले हेपाहा प्रवृत्ति देखायो’

downloadकाठमाडौँ, १९ साउन । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले भारतले नेपालमाथि सधँ नै हेपाहा प्रवृत्ति देखाउँदै आएको बताउनुभएको छ ।
सप्तरीको तिलाठी घटनामा प्रतिरोध गर्ने देवनारायण यादव र दुर्गानारायण झाको सम्मानमा युवा सङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आफूहरुले दुई पक्षबीच सहमति गर्ने प्रयास गरेपनि भारतले हरेक तहले हेप्ने गरेको बताउनुभयो ।

“हाम्रो राष्ट्रियता भारत विरोधी होइन,तर हामीलाई हेपिन्छ भने त्यो कदापी सहिदैँन,” उहाँले भन्नुभयो– “एक थोपा रगत भएसम्म हामी नेपालको एक इन्च क्षेत्रफल गुम्न र झुपडी भारतलाई दिदँनौ ।’’

कार्यक्रममा युवा सङ्घका अध्यक्ष राजीव पहारीले तिलाठी घटना वैदेशिक हस्तक्षेप भएको भन्दै नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताका विरुद्ध राष्ट्रवादी आन्दोलन गर्नु आवश्यक रहेको बताउनुभयो ।

सचिव ज्ञवालीले तिलाठीका घाइतेद्वय यादव र झालाई धोती र टोपीले अभिनन्दन गर्नुभएको थियो । सङ्घका उपाध्यक्ष दिलु पन्त, तिलाठी घटनाका घाइते देवनारायण यादव, तिलाठीका उमेश मिश्रले भारतीय हस्तक्षेप विरुद्ध देशव्यापी आन्दोलन गर्नुपर्ने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...