Monday, August 1, 2016

खगोल खोजका लागि २१ विद्यार्थी छनोट

काठमाडौँ, १७ साउन । नेपाल एस्ट्रोनोमिक सोसाइटीले ‘तेस्रो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड, २०१६’ का लागि मुलुकभरबाट २१ विद्यार्थी छनोट गरेको छ ।

सोसाइटीले छनोटमा परेका विद्यार्थीलाई बन्द शिविरमा राखेर खगोल खोज तथा अनुसन्धानमा लगाउने जनाएको छ ।

गत जेठ २९ गते सञ्चालन गरेको तेस्रो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड–२०१६ मा मुलुकभरबाट सहभागी विद्यार्थीमध्ये ५५ अङ्क वा सो भन्दामाथि ल्याउने विद्यार्थीमध्ये विभिन्न चरण पार गर्दै पूर्व बन्द शिविरबाट ती विद्यार्थी छनोट भएका हुन् ।

सोसाइटीले बन्द शिविरमा सहभागी भएका पाँच विद्यार्थीलाई ‘तेस्रो राष्ट्रिय एस्ट्रोनोमी २०१६ नेपाल’ घोषणा गर्दै विश्वका विभिन्न मुलुकमा हुने खगोल खोज तथा अनुसन्धानमा सहभागी गराउने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।

स्वदेश तथा विदेशमा कक्षा १२ सम्म अध्ययनरत वा विश्वविद्यालयका कार्यक्रममा भर्ना भएका २० वर्षभन्दा मुनिका नेपाली नागरिकले सो कार्यक्रममा आवदेन दिन सकिने व्यवस्था गरिएको थियो ।

खगोल तथा अन्तरिक्षको खोजीको विषयमा चासो राख्ने विद्यार्थीलाई सोही क्षेत्रमा सहयोग पु¥याउने लक्ष्यसहित कार्यक्रम अगाडि बढाइएको सोसाइटीको भनाइ छ ।

सोसो पछिल्लोपटक छनोट गरेका विद्यार्थीमा अनिश विष्ट, आशिस अग्रवाल, आयुषकुमार चौधरी, विजय लुइँटेल, दिपेश भण्डारी, दिवस सुवेदी, एलोप गुरुङ, हेमनारायणदास चौधरी, नवराज केसी, रोविन थापा, रोजी गुप्ता, सन्दिप शर्मा, सन्जोग कार्की, शङ्कर श्रेष्ठ, शिखा पाण्डे, शिल्पा भण्डारी, शिसम अधिकारी, सुधीर पण्डित, सुलभ तिमिल्सना, सुमन केसी, तरुण तिमिल्सनालगfयत छन् । उनीहरुलाई बन्द शिविरमा राखेर क्षमताको पहिचान गरिने सोसाइटीको भनाइ छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...