Wednesday, August 17, 2016

गायिका शकुन्तला थापा तिजको अबसरमा स्विजरल्याण्ड आउदै

14011801_1059517450750199_1309290585_n (1)

स्विजरल्याण्ड । प्रवासका सहर बजार अहिले महिलाहरुको महान चाड तीजले रंगिन थालेका छन् । हरितालिका तीज आउन लगभग २ हप्ता बाँकी रहेपनि प्रवासमा यसको रन्को सुरू भैसकेको छ । प्रवासमा हरितालिका तीज मनाउने प्रचलन बढ्दो छ । तिथि मिती भन्दापनि समय अनुकुल हुनेगरी अगाडि र पछाडि बिदाको दिन पारेर मनाइने गर्छ चाडबाड ।

पहिलो पटक एन आर एन स्विजरल्याण्डको आयोजनामा जुलार्इ २७ तारिखका दिन तीज धमाका हुने भएको छ । संघकी उपाध्यक्ष सिमा गौतमको संयोजकत्वमा स्विजरल्याण्डको आराउ सहरमा संन्चालन हुने तीज धमाकाका लागि इटालीवाट चर्चित लोक गायिका शकुन्तला थापा आउने भएकी छन् ।

बिदेशमा बस्ने नेपालीका लागि कला संस्कृतिको जर्गेनाका साथै जमघट अनि आपसी सदभावको माध्यम हो सांस्कृतिक कार्यक्रम, एन आर एन स्विजरल्याण्डका महासचिब भुमि गुरुङले बताए ।

कार्यक्रममा बिशेषत प्रवासमा बस्ने नेपाली दिदी बहिनीहरुको लागि तीज गीतका साथै अन्य लोकगीत र संगित पस्कने कार्यक्रम रहेकोले धेरै भन्दा धेरै स्विस बाशी नेपालिहरु उपस्थित हुन सक्ने एन आर एन महिला फोरमकी संयोजक सुभा एल्मर लामाले बताउनुभयो । लामाले थप्नु भयो – चाडबाड र पर्वहरुसँग हाम्रो गीत संगितको पनि साइनो गासीएको छ, हाम्रो नेपाली समाज तिजमा माइतीका संझना अनि राता पहिरनका कथा अनि ब्यथा गाइने र सुनिने गरिन्छ । हामीले प्रवास रहेर पनि आफ्नो चाडबाड र रीती रिवाज अनि परम्परालाई कायमै राख्नु महत्वपुर्ण कुरा हो ।

14018162_1059517447416866_741137374_n

एन आर एन स्विजरल्याण्डले पहिलो पटक आयोजना गर्ने भएको हरितालिका तिजको कार्यक्रममा रमणीय तिज गीत र नाचगान सहित भब्यतापुर्बक मनाइने तयारि गरिरहेको छ । यसअघि लगभग १० बर्षदेखि तिज कार्यक्रम गर्दै आएकी बिजया भट्टले यो साल बाट तिज कार्यक्रम गर्न एन आर एन स्विजरल्याण्डलाई जिम्मा दिनु भएको थियो ।
नेपाली संस्कार,रितीरिवाज र परम्परालाई उजागर गर्ने उद्देश्यले विगतमा विभिन्न चाड पर्व, कला तथा संस्कृती झल्काउने कार्यक्रम गरे जस्तै यस पटक पनि महिलाहरुको पर्व तिज मनाउने निर्णय एन आर एन स्विजरल्याण्डको बैठक बहुमतले पारित गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...