Wednesday, August 10, 2016

बरिष्ठ निर्देशक बिएस थापाको निधन

काठमाडौँ, २६ साउन । वरिष्ठ चलचित्र निर्देशक बिएस थापाको ९३ वर्षको उमेरमा मङ्गलबार निधन भएको छ ।

भारतको मुम्बईस्थित निवासमा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सन् १९६६ मा प्रदर्शनमा आएको उहाँद्वारा निर्देशित चलचित्र ‘माइतीघर’ बहुचर्चित र सफल मानिन्छ ।

त्यस्तै, उहाँले निर्देशन गरेका ‘कान्छी’, ‘मायाप्रीति’ आदि चलचित्रसमेत चर्चित छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...