Saturday, August 6, 2016

पशुपतिनाथको मूलद्वार कलात्मक बनाइने

pasupatinath1-e1422843820115काठमाडौँ, २२ साउन । पशुपतिनाथ दक्षिण मूलद्वार कलात्मक रुपमा निर्माण हुने भएको छ ।

कलात्मक द्वार निर्माणका लागि पशुपति विकास कोषलाई नेपाल एसबिआई बैंकले रु एक करोड ७५ लाख दिने सम्झौता शुक्रबार भयो ।

द्वारसँग टिकट घर, सुरक्षाकर्मी घर, फूलप्रसाद बिक्री केन्द्र, एटिएम र शौचालय पनि निर्माण हुने सम्झौता भएको कोषका सदस्य सचिव डा गोविन्द टन्डनले राससलाई जानकारी दिनुभयो ।

एक वर्ष छ महिनामा निर्माण सम्पन्न गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...