Saturday, August 20, 2016

टेक्सासमा एचडिएनपी अन्तरराष्ट्रियको रक्तदान कार्यक्रम सम्पन्न

raktdan 4

अगस्त २० ,हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले अमेरिकाको टेक्सासमा त्रैमासिक रुपमा पूर्व घोषित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ l हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको संस्था हो l

अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना गरिएको संस्थाले आज भएको रक्तदानमा २४ जनाले रगतदान गरेका छन् l उक्त रक्तदान कार्यक्रममा अधिकांश अमेरिकन ,नेपाली ,लाओस तथा भियतनामका रक्तदाताहरु रहेका थिए l र अर्को हप्ता अगस्त २७ तारिख करिब ५ सय जना घरवार बिहिनलाई खान खुवाउने निधो गरेको संस्थाका संस्थापक देवी आचार्यले जानकरी दिएका छन् l

raktdan 3एचडिएनपी अन्तरराष्ट्रियले असहाय ,दुखि ,घरबार बिहिनहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काममा पनि मदत गर्ने गरेको छ l

संस्थाले प्रत्येक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दछ l यसको साथै उनीहरुको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराई रहेको छ l

raktdan 2 raktdan 5

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...